Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१८ किलो चाँदीसहित एक जना पक्राउ

धनुषा । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २२ बाट असोज १० गते एपीएफ टोलीले साढे १८ के।जी।चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको पिपरा गाँउपालिका ५ बस्ने ३० बर्षिय भरतकुमार साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त चाँदीसहित पक्राउ गरेको हो ।

ज ७ प ५७७१ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका निज साहलाई शंका लागि जाँच गर्दा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद चाँदी र मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ भने पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ । बरामद चाँदी र मोटरसाइकलको भन्सार दाखिला मूल्य १४ लाख २९ हजार ८ सय ९६ रुपैयाँ रहेको छ ।


सम्बन्धित समाचार