Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१८ बिगाहाको मकैमा खत्तम

दाङ । दोस्रो चरणमा नेपाल प्रवेश गरेको सलहले दाङको देउखुरीमा १८ बिगाहामा लगाएको मकैमा क्षति पु¥याएको छ । देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । गढवा गाउँपालिका र राप्ती गाउँपालिमा गरी करिब १८ बिगाहामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । ‘सलहले मकैमा ६० देखि ७० प्रतिशत क्षति पु¥याएको छ’, प्रमुख धितालले बताए । सलहले धेरै मकै बालीमा क्षति पु¥याएको उनको भनाइ रहेको छ । स्थानीय बासिन्दाको अनुसार करिब १ घण्टा जति बसेको धितालले बताए । देउखुरी क्षेत्रमा आइतवार दिउँसो सलह प्रवेश गरेको थियो । अझै सलह आउने सम्भावना रहेको प्रमुख धितालले बताए । कृषकहरुलाई सचेत रहनसमेत आग्रह गरेका छन् । यसअघि असार १६ गते र १७ गते जिल्लामा सलह देखिएको थियो । दोस्रोपटक जिल्लामा सलह प्रवेश गरेसँगै कृषकहरु चिन्तित भएका छन् । तयारी हुन थालेको मकै, र भर्खरै मात्र रोपिएको धान तथा तरकारी बालीमा समेत क्षति पु¥याउने चिन्तामा कृषकहरु रहेका छन् । आइतवार दाङमा आएको सलह यसअघि आएको भन्दा ठूलो संख्यामा रहेको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिए । राप्ती गाउँपालिकामा दिउँसो करिब डेढ बजेतिर सलह देखा परेको उनको भनाइ रहेको छ । जिल्लाको दक्षिणतर्फ सिमाना भारतबाट सलह प्रवेश गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । देउखुरी क्षेत्रमा बसेको सलह पूर्व र उत्तरतर्फ लागको थियो । सलह बसेपछि स्थानीयहरुले धुँवा बनाउने, आवाज निकाल्ने गरेर धपाउने गरेका थिए । स्थानीयको पहलमा नै सलह धपाइएको कृषि ज्ञान केन्द्रका प्रमुख धितालले बताए । ‘स्थानीयको उत्साहपूर्ण प्रयासले सलह धपाउन सकिएको हो’, प्रमुख धितालले भने ।
नोक्सानी गर्दैन । यसैबीच भारत हुँदै नेपाल आएको सलहको अर्को झुण्डले यहाँ धेरै नोक्सानी नगर्ने विज्ञले बताएका छन् । प्यूठान, अर्घाआँचीलगायतका जिल्लामा केही नोक्सानी गर्न सक्ने भए पनि अहिले पानी परिरहेकाले धेरै क्षति भने नहुने प्लान्ट क्वरेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताए ।
अहिले हावाको गति पूर्वोत्तर दिशामा रहेकाले भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो । अझै केही संख्यामा नेपाल आउने सम्भावना कायमै रहेको जानकारहरूको भनाइ छ । भारतको उत्तर प्रदेशको सीतापुर तथा बहराइच क्षेत्रमा रहेका सलहमध्ये एउटा बगाल दाङको गढवा गाउँपालिकामा आएको थियो । १५ दिन पहिले पनि नेपालमा सलहका स–साना झुण्ड भित्रिएका थिए । तिनीहरु भने विभिन्न कारणले अहिले नष्ट भइसकेका छन् ।