Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२०० घट्यो सुनको मूल्य

कामठाडौं । एक लाखको हाराहारीमा पुग्ने लक्ष्यका साथ अघि बढेको सुनको मूल्यमा सामान्य गिरावट अएको छ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको हो। नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ। यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।