Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२४ घण्टामा थपिए ७४ हजारबढी संक्रमित, ५ हजार २२८ को ज्यान गयो

एजेन्सी । विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६५४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार २२८ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या १३ लाख ४६ हजार ३५ पुगेको छ । २४ घण्टाको अवधिमा ७३ हजार १३४ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये २ लाख ७८ हजार ५३४ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ९२ हजार ८४७ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४७ हजार ४५९ को अवस्था गम्भीर छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।
२४ घण्टामा थप ३० हजार ३३१ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या १० हजार ८७१ छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार २५५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १६ हजार ५२३ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ६३६ जनाको मृत्यु भएको छ।


सम्बन्धित समाचार