Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२४ घण्टामा ७९३०३ संक्रमित, ५ हजार ९६७ को मृत्यु

एजेन्सी । कोरोनाको आतंक अहिले विश्वभर फैलिएको छ । यसले आफ्नो उग्र रुप देखाइरहेको छ । २४ घण्टाको अवधिमा ७९ हजार ३०३ जनामा फैलिएको छ । यो समयमा ५ हजार ९६७ जनाले ज्यान गुमाएका छन् । विश्वका २०४ देशमा फैलिएको यो महामारीबाट अहिलेसम्म ५२ हजार १५९ जनाले ज्यान गुमाएका छन् । १० लाख १४ हजार ४९९ जना संक्रमित छन् । संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि घर फर्किएका छन् ।
संक्रमणमा रहेका ७ लाख ४९ हजार ३२२ जना विश्वका विभिन्न अस्पताल, क्वारेन्टाइन र आइसोलेसनमा भर्ना भएर उपचार गरिरहेका छन् । जसमध्ये ३७ हजार ६९८ जनाको अवस्था गम्भीर छ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारीले अहिले सबैभन्दा बढी अमेरिकालाई प्रभावित बनाएको छ । अमेरिकामा २ लाख ४४ हजार ४३३ संक्रमित छन् । २४ घण्टामा मात्रै अमेरिकामा २९ हजार ४३० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म अमेरिकामा ६ हजार ६३ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै सबैभन्दा बढी मृत्यु भएको इटालीमा १३ हजार ९१५ जनाले ज्यान गुमाएका छन् । १ लाख १५ हजार २४२ जना संक्रमित छन् । तेस्रो धेरै संक्रमित भएको मुलुक स्पेन हो । स्पेनमा अहिलेसम्म १ लाख १२ हजार ६५ संक्रमित छन् । अहिलेसम्म १० हजार ३४८ जनाले ज्यान गुमाएका छन् ।
बितेको २४ घण्टामा फ्रान्समा धेरैको मृत्यु भएको छ । १ हजार ३३५ जनाले ज्यान गुमाउँदा कोरोनाकै कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या ५ हजार ३८७ पुगेको छ । फ्रान्समा ५९ हजार १०५ संक्रमित छन् ।


सम्बन्धित समाचार