Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

३२ वर्षपछि बैंकिङबाट बिदा हुँदै अनिल शाह

नेपालको बैंकिङ सेक्टरमा लगभग एकैसाथ केहि युवाको प्रवेश भयो। त्यो बेला इमर्जिङ सेक्टरका रूपमा रहेको बैंकिङमा आउनु युवाहरुको लागि सामान्य विषय थियो। तर यी चारै युवाहरु नेपालका उच्च घरानियाँ वर्ग अर्थात शाह र राणा खानदानसँग जोडिएकाले उनीहरुको प्रवेशलाई बैंकिङ क्षेत्रमा फरक उत्साहका साथ लिइयो। तीनै चार युवाहरुमध्ये एक थिए अनिलकेशरी शाह, जसको परिचयका लागि उनको नामै काफी छ।

अनिलसँगै बैंकिङमा प्रवेश गरेका सिद्धार्थ राणा र राजीव शाहले पछि फरक करिअर रोजे। हाल सिद्धार्थ राणा नेपालकै नम्बर एक करदाताको परिचय बनाउँदै पारिवारिक व्यवसायको नेतृत्व गरिरहेका छन् भने राजीव शाह राजनीतिमा छन्। अनिलभन्दा केही पछि आएका गोरख शमशेर राणा हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकमा डेपुटी सीइओका रूपमा कार्यरत छन्।

नबिल बैंकमा सीइओका रुपमा अनिल शाहको दोस्रो कार्यकाल सकिन एक सातामात्र बाँकी छ। उनले आफ्नो करिअरको १७ वर्ष नबिल(मेगा(नबिल बैंकमा सीइओका रूपमा बिताए।

पहिलोपटक सीइओका रूपमा उनी नबिल बैंकमै थिए। त्यसपछि उनी मेगा बैंकमा सीइओका रूपमा दुई कार्यकाल रहे। फेरि नबिलमै फर्किएर उनले दोस्रो कार्यकाल पनि पूरा गरे। अनिल अब भने आफ्नो बैंकिङ यात्रालाई यहीँबाट बिट मार्ने मुडमा छन्। निरन्तर ३२ वर्ष बैंकिङ क्षेत्रमा बिताएपछि उनी जीवनको फरक अध्याय सुरु गर्न चाहन्छन् जहाँबाट फेरि उनको अर्को परिचय बन्नेछ। तर यहाँसम्म आइपुग्दा बजारले भन्छ अनिल शाहलाई चिनाउन कुनै फुर्का जोडिरहनु पर्दैन अनिल आफैंमा एक ब्राण्ड हुन्


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल