Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत चितवनका श्रेष्तेदार विष्णुप्रसाद आचार्यका अनुसार जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पुरक अभियोग आज दर्ता गरिएको हो । अदालतका अनुसार मुद्दाको दर्ता नम्बर ०८१ रहेको छ । श्रेष्तेदार आचार्यका अनुसार अभियोजन पुरक भएपनि मुद्दा भने नयाँ नम्बरमा दर्ता गरिएको हो ।
यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । रवि लामिछाने किटान गरिएको थिएन । आज दर्ता भएको मुद्दामा रवि लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित ६ वटा संस्था छन् ।
१५ जना प्रतिवादीमा रवि लामिछाने छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ छन् ।
साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, नेचर नेष्ट प्रालि रहेका छन् ।
पुरक निवेदन दिने १० जनाको अनुसार साहरा सहकारीबाट ४३ लाख ९४ हजार ६ सय ३१ रूपैयाँ बिगो रकम फिर्ता पाउनुपर्ने मागदाबी छ । दुवै अनुसार कुल ३८ करोड ९ लाख ७९ हजार रूपियाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
पुरक मुद्दा अनुसारमा कम्पनीमा लगानी गरेर तिर्न बाँकी रहेको रकम ४३ करोड १४ लाख ४९ हजार ९ सय २८ रूपैयाँ ७५ पैसा बिगो उल्लेख छ ।
यसरी हालसम्म साहारा सहकारीले उठाउनुपर्ने ऋण ५६ करोड २२ लाख ५० हजार हाराहारीलाई बिगो देखाइएको छ ।
२०८१ माघ २२
ताजा नेपाल
२०८१ माघ २२
ताजा नेपाल
२०८१ माघ २२
ताजा नेपाल