Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

५ बजे मन्त्रिपरिषद् बैठकले कुलमानबारे निर्णय गर्ने

काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठक नियमित हो । तर यसले गर्ने निर्णयहरु भने अलि गहकिला हुने विश्वास गरिएको छ । आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ ।

आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्ने बताइएको छ । यही बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख र सरकारको प्रवक्ता समेत तोक्ने विश्वास गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ । त्यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै सो पद पनि खाली छ । मन्त्रिपरिषद् विस्तार नहुँदासम्मको अवस्थाका लागि सरकारको प्रवक्तामा परारष्ट्रमन्त्री प्रदीप ज्ञवाली वा पर्यटन तथा नगारिक उड्डयनमन्त्री योगेश भट्टराईलाई सरकारको प्रवक्ता तोक्ने तयारी भइरहेको छ ।