Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
खाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्रप्त गरेका हुन ।
साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दुतावासले साउदी अरब सबन्धित निकायमा अनुरोध गरेको थियो
जसअनुसार साउदी सरकारले ९३ जना नेपालीलाई सो भिषा उपलब्ध गराएर नेपाल फर्कने बातावरण तय गरिदिएको हो । एक्जिट भिसा लागेका नेपालीहरूले दूतावासबाट भिसा लिएर जान र ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्नसमेत रियादस्थित नेपाली दूतावासले निर्देशन दिएको छ ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल