Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा पुरुषले प्रयोग गर्ने गर्भनिरोधक साधन पौने २ करोड थान नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड ६२ लाख ५८ हजार रुपैयाँको १ करोड ७७ लाख ४० हजार २४९ थान पुरुष गर्भनिरोधक साधन नेपाल भित्रिएको हो । सरकारले कण्डमको आयातमा भन्सार महसुल लिने गरेको छैन । विभागको तथ्यांकअनुसार पौने २ करोड थान कण्डम आयात गर्दा सरकारले ४ हजार रुपैयाँ मात्रै भन्सार राजस्व आम्दानी गरेको छ ।
२०८१ माघ ९
ताजा नेपाल
२०८१ माघ ९
ताजा नेपाल
२०८१ माघ ९
ताजा नेपाल