Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

६ वर्षिया बालिकाको बलात्कारपछि हत्या, रणमैदान बन्यो बर्दिबास, सहमति बिनै शव जनकपुर लगियो

महोत्तरी। महिला हिंसा र बलात्कारका घटना दिनदिनै बढिहरेको बेला बर्दिबासमा हत्या भएकी ६ वर्षिया बालिकाको शवलाई पोस्टमार्टमका लागि जनकपुर लगिएको छ । बालिकाको बलात्कारपछि हत्या भएको थियो। ६ वर्षीया बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको हो । स्थानीयले बर्दिबासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी दिनभर प्रदर्शन गरेका थिए ।

यसैबीच प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो। आफन्तको सहमति बिनै बालिकाको शव उठाएर पोस्टमार्टमका लागि जनकपुर लागिएको हो । प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

मंगलबार दिउँसो स्थानीयले शव भेटेको ठाउँबाट उठाएर बर्दिबासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर दिनभर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो भने पछि आफन्तको सहमति बिनै बालिकाको शव उठाएर पोस्टमार्टमका लागि जनकपुर लगेको हो । प्रहरीले गोली चलाएपछि भीड तितरवितर भएको थियो भने ३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनालाई काठमाडौँ पठाइएको छ । एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरिक्षक टीका बहादुर केसीले जानकारी दिए ।


सम्बन्धित समाचार