Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

७ घन्टा बन्द हुँदै त्रिभुवन विमानस्थल

काठमाडौं । धावनमार्ग मर्मतका लागि आइतवारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घन्टा बन्द हुने भएको छ ।
विमानस्थलको धावनमार्ग लगायतका जिर्णोद्वार कार्यको दोस्रो चरणको काम आइतबारदेखि शुरु हुने भएपछि दैनिक ७ घन्टा बन्द हुने भएको हो । आइतबार राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने बताइएको छ । नेपाल वायुसेवा निगमले बिहीबारदेखि सुरु गरेको जापानको ओसाका उडानका दिन विमानस्थल मर्मतको कार्य आधा घन्टा स्थगन गरिने छ । मंगलबार, बिहीबार र शनिबार राति २ बजे जिर्णोद्वार तथा मर्मत कार्य रोकिने र साढे २ बजे जहाज उडेपछि फेरि मर्मत सुचारु गरिने बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार, विमानस्थल रिह्याबिलिटेसन जिर्णोद्वारको काम भदौ १५ देखि सुरु भई पुस १५ गतेसम्म सञ्चालन हुने छ ।
यस अवधिमा ७ घन्टा विमानस्थल बन्द हुने छ। दोस्रो चरणमा धावनमार्गको मध्यरेखामा लाइट राख्ने, ट्याक्सी–वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ड्रेन र्ममर्त आदिको काम हुने छ।