Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

७ वटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण शुरु

काठमाडौं । सरकारले कोरोना भाइरसको नमूना परीक्षण सातै प्रदेशबाट गर्ने गरी सबै तयारी पूरा गरेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश नं १ मा धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि र गण्डकी प्रदेशको पोखरामा मङ्गलबारदेखि सो भाइरसको नमूना परीक्षण सेवा शुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । प्रदेश नं २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ५ को वुटवल र वाग्मती प्रदेशको हेडौँडामा आजदेखि नमूना परीक्षण गर्ने गरी सबै तयारी पूरा भइसकेको छ ।
प्रवक्ता डा देवकोटाका अनुसार सबै स्थानमा नमूना परीक्षणका लागि आवश्यक उपकरण सहित सम्पूर्ण सामग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला सञ्चालन गर्न मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।


सम्बन्धित समाचार