Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
गरिब देशका जनता गरिब नै हुन्छन् । त्यो सबैलाई थाहा छ । कम्युनिष्टहरुमा कोही धनी कोही गरिब यो नहुने हो । तर यो भइरहेको छ । (अपबादमा बाहेक मात्र) किनकी माथिल्लो लेभलका नेताहरु सधै धनी हुने तर तल्लो लेभलका नेताहरु कहिल्यै पनि धनी भएको कम्युनिष्ट बहुमत भएको देशमा देख्न सकिदैन । कारण भ्रष्टचार नै हुन सक्छ । माथिल्लो लेभलका नेताहरुलाई राज्य सत्ता र कमाउ अभियानको बारेमा सबै कुरा थाहा हुन्छ । तल्लो लेभलको कार्यकर्तामा माथिल्लो लेभलका नेताहरुको बारेमा मात्र थाहा हुन्छ ।
माथिल्लो लेभलका नेताले जसरी पाठ पढाए त्यही पाठ घोकेर त्यही कुरा सर्वसाधारणलाई बुझाएर आफ्नो पार्टीमा आफूसँगै सहमति जनाउदै आफ्नै पछाडि लगाउदै पार्टीलाई दर्हिलो संगठानिक बनाउदै अगाडि बढ्छन् । तर त्यसको ठिक उल्टो सिनियर नेताहरु यीनै कर्मशील कार्यकर्तालाई अगाडि देखाएर पैसा कमाउने काम गर्छन् । यहि पैसा पदका कारणले कम्युनिष्टहरु कहिल्लै पनि एक हुन सक्दैनन् । एक नेताले एउटा राम्रै संगठन बनाएको हुन्छ । त्यही आडमा म सधै ठूलै मान्छे हूँ सोची पद नपाउदा पार्टी फुटाउन खोज्छ । दश नेताले यस्तो विभाजनको काम गरे पार्टीको हालत संगठानिक रुप कमजोर हुने सबैलाई थाहा छ । थाहा हुदा हुदै पनि नेताहरु पद पैसामा लिप्त भएकै कारण कमजोर हुने हुन् । अस्तित्वमा दाग लगाएर भए पनि आफू अध्यक्ष सरकारको उच्च पदमा रहन सके आफ्नो परिवार, इस्तमित्र, दाजुभाई, नातागोतालाई सहयोग गर्न सकिन्छ भन्ने हेतुले अगाडि बढ्नु आफ्ना इमानदार कार्यकर्ताहरुलाई झुक्याउँदा कम्युनिष्ट पार्टी बदनाम भएको कुरा सर्वसाधारणले बुझ्न थालिसके । पछिल्लो समय नेपालको राजनीतिमा यस्तै घटना भइरहेको छ ।
केहि हैसियत नभएका हलो जोतेर, टिचिङ गरेर जग्गा दलाल जस्ता काम गरि बाचिरहेका नेताहरु एक्कासी काठमाण्डौमा महल बनाइ बस्दा अचम्म मान्नु कार्यकर्तालाई चित्त दुख्नु स्वाभिक नै हो । यस्तै स्थिति भए पनि हाम्रै नेता हुन् । केहि फरक पर्दैन भनि सोच्दै निष्ठावान कार्यकर्ताहरु खुसि नै थिए । तर भागबन्डामा नेताहरु लाग्दा कम्युनिष्ट कार्यकर्ताहरु गलेका देखिन्छ । ८० प्रतिशत कम्युनिष्ट भएको देशमा अर्काेले राज गर्न खोज्दा तीनै कम्युनिष्ट कार्यकर्तालाई कति चित्त दुख्दो हो आफ्नै नेतालाई मारिहाल्नु जस्तो लाग्छ । तर के गर्ने विवस्ता यस्तै छ । यी कम्युनिष्ट नेताहरुलाई कार्यकर्ताहरुले कुनै समय राम्रै सबक सिकाउने छन् ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल