Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सत्ता गठबन्धनले आगमाी मंसिर ४ गते हुने निर्वाचनको लागि सिटको बाँडफाँडको मोडालिटी तयार पारेको छ । कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धनमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये ९० सिट कांग्रेसले लिने र बाँकी ७५ गठबन्धनमा आवद्ध अरु दलले लिने सहमति भएको छ ।
पछिल्लो समय कांग्रेसले गठबन्धनमा १०० सिट लिने चर्चा चलिरहेको थियो । तर, शीर्ष नेताहरुको बैठकमा कांग्रेस सभापति एव्म प्रधानमन्त्री शेरबहादुर देउवाले लचकता देखाएको बुझिएको छ । अहिले सिट बाँडफाँडको मोडालिटी तयार पार्न गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा कार्यदल बनाएको छ । कांग्रेसले ९० सिट राखे बाँकी ७५ सिटमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चा र बाबुराम भट्टराईले बाँडफाँड गर्ने बुझिएको छ । माओवादीले कम्तिमा ४० सिट चाहिने भन्दै आएको छ । कांग्रेसबाहेकका दलले आज भोलिभित्रै ७५ सिटको बाँडफाँड गर्ने बुझिएको छ ।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल