Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली काँग्रेस १४औं महाधिवेशनमा सह–महामन्त्री पदकी दावेदार डा। डिला संग्रौला पन्तले आज एक
पत्रकार सम्मेलन गर्दै आफ्नो घोषणा–पत्र सार्वजनिक गर्नुभएको छ । संघीय संसदको सदस्य तथा नेपाली काँग्रेसको
केन्द्रीय सदस्य समेत रहुनभएकी उहाँले घोषणा पत्र सार्वजनिक गर्दै आफू पार्टीभित्र बैचारिक बहसको पक्षमा रहेको
बताउनुभयो । काँग्रेसलाई सवल ढंगले अघि बढाउनको निम्ति पार्टीमा महिला र युवा नेतृत्वलाई न्यायोचित स्थान
दिईनुपर्ने बताउँदै उहाँले आफू सकारात्मक विभेदको पक्षमा रहेको जानकारी दिनुभयो ।
आज पार्टीभित्र रूपान्तरण कि पुस्तान्तरण भन्ने बहस सुरु भएको भन्दै उहाँले यी दुबै चिज आवश्यक रहेको पत्रकार
सम्मेलनमा बताउनुभयो । महिला शसक्तीकरण र युवालाई पार्टीभित्र उचित जिम्मेवारी दिन आवश्यक रहेको बताउँदै
उहाँले जसको नेतृत्व उसको नीति भन्दापनि जसको नीति उसको नेतृत्वका आधारमा काँग्रेसलाई अघि बढाउन सकेमा
पार्टी अझ सुदृढ हुने धारणा राख्नुभयो ।
आफू नेतृत्वमा रहेपनि काँग्रेस, नरहेपनि काँग्रेस भन्ने आफ्नो मान्यता रहेकोले नेपाली काँग्रेसका सबै नेता तथा
कार्यकर्तालाई सोही मुताविक अघि बढ्न समेत उहाँले आग्रह गर्नुभयो ।
०३६ सालको जनमत संग्रहमा विपी, गणेशमान, शैलाजा आचार्य दाङ पुग्दा ९ कक्षा पढ्दै गर्नुभएकी डा। संग्रौला
त्यसैबेलादेखि नेपाली काँग्रेसप्रति आकर्षित हुनुभएको थियो । त्यसो त उहाँको परिवार त्यतिबेला काँग्रेसप्रतिनै
प्रतिवद्ध थियो ।
२०३८ सालमा महेन्द्र मोरङ क्याम्पसमा स्ववियू उम्मेदवार भई कार्यसमितिमा निर्वाचित भएपछि उहाँको राजनीतिक
जीवन अझ सक्रिय बन्यो । विवाहपश्चात् जन्मथलो दाङ छोडेर कर्मथलो विराटनगरको राजनीतिमा होमिनुहुनुभएकी
उहाँको ०४६ सालको राजनीतिक परिवर्तनमा सक्रिय भूमिका रह्यो । फलस्वरुप उहाँ बिराटनगरको तात्कालीन वडा नं।
१५ बाट महिला संघको सभापतिमा चुनिनुभयो ।
२०५३ सालदेखि लगातार महाधिवेशन प्रतिनिधि रहँदै आउनुभएकी उहाँ महासमिति सदस्य हुँदै नेपाली काँग्रेस
मोरङको उपसभापति समेत बन्नुभयो ।
आफन्तहरूको बिमतीका बाबजुद महेन्द्र मोरङ बहुमुखीक्याम्पसको स्थायी उप–प्राध्यापकको जागीर छोडेर
राजनीतिमा पूर्णकालीन बन्नुभएकी डा। डिला संग्रौला पन्तलाई नेपाली काँग्रेसले ०६४को संविधानसभा निर्वाचनमा
समानुपातिक उम्मेदवार बनायो ।
महिला संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएकी उहाँ ७२ सालको काँग्रेस महाधिवेशनबाट
अत्यधिक मतले केन्द्रीय सदस्यमा चुनिनु भयो । नेपाली काँग्रेसको तर्फबाट संघीय संसदको सदस्य रहनुभएकी
उहाँलाई अहिले नेपाली काँग्रेसको सह–महामन्त्री पदको प्रवल दावेदार मानिएको छ ।
२०८१ माघ २४
ताजा नेपाल
२०८१ माघ २४
ताजा नेपाल
२०८१ माघ २४
ताजा नेपाल