Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरल, प्रविधिमैत्री नेपाली भाषा हमलामा दोस्रो प्रहार

  • रामेश्वर राउत मातृदास

 

सरल र प्रविधिमैत्रीको आवरणमा नेपाली भाषाको जग, मेरुदण्ड देवनागरी लिपि र वर्णाक्षरहरू नै समाप्त पार्ने योजनाहरू पुष्टि र प्रमाणित हुन थालेका छन् ।
१. वि.सं. २०१३ सालदेखि शुरु गरिएको प्रयोजनहिन झर्रोवादलाई नेपाली समाजले अस्वीकार ग¥यो । यही छद्म भाषाघाती योजनाको दोस्रो आवरणको रूपमा सरल र प्रविधिमैत्री नामाकरणमा नेपाली भाषामाथि निरन्तर प्रहार हुनेक्रम चलिरहेको छ ।
२. नेपालको अर्घाखाँची जिल्लाको पणेना भन्ने ठाउँमा रहनुभएका प्रथम भाषा वैज्ञानिक पाणिनी ऋषिले देवादीदेव महादेवको डमरु ध्वनिबाट गर्नुभएको चौध सूत्रमा आधारित बर्णाक्षरहरू त्रिकालजयी छन् । जुन सूत्र निम्नानुसार रहेका छन् ।
अईऊण ।। १ ।। ऋलृक ।। २ ।। एओउ ।। ३ ।।
एऔच ।। ४ ।। हयवरट ।। ५ ।। लँण ।। ६ ।।
ञमङगमनम् ।। ७ ।। झभञ ।। ८ ।। घढधष ।। ९ ।।
जबगडदश ।। १० ।। खफछठथचटतव ।। ११ ।।
कपय् ।। १२ ।। शषसर ।। १३ ।। हल् ।। १४ ।।
भाषा वैज्ञानिक पाणिनी ऋषिबाट प्रतिपादन भएको १४ सूत्र नै तथ्यगत वर्णाक्षरहरू भएको वास्तविकतालाई स्वीकार गरेको पाइन्छ । यसको पुष्टिका क्रममा वैज्ञानिकहरूले प्राप्त गरेको परिणामलाई संसारमा प्रचलित विभिन्न भाषाहरूमा सम्प्रेषित सन्देशहरू एक ठाउँबाट अर्को ठाउँमा पुग्दा बेग्लै अर्थबोध भएको देवनागरी लिपिमा आधारित भएका बर्णाक्षरहरूका पठाएका सन्देश चन्द्रमा वा स्पेशमा पुग्दा समेत परिवर्तन नभई एकरूपता भएको पाए । वैज्ञानिकहरूको यो अन्वेषण बेदको मुल श्रुती ऋग्वेदसँग पूर्ण रूपमा मेल खाएको छ । यही तथ्यका आधारमा नै संसारका सबै देशहरूले आधुनिक एवं अत्याधुनिक समयमा विकसित भएका र गरिएका इमेल, इन्टरनेट र कम्प्युटरका सफ्टवेयरहरूले सहजतापूर्वक ग्रहण गर्ने र परिणामहरूलाई दीर्घकालिन गराउने मुल भाषाको आधार देवनागरि लिपीमा आधारित पाणिनी प्रतिपादित वर्णाक्षरहरूलाई बनाउन सुझाइरहेको देखिन्छ । यो तथ्यको वास्तविकता विपरित देवनागरि लिपि र वर्णाक्षरहरूलाई नै सरल र प्रविधिमैत्रीको आवरणमा नेपालमा अहिले विद्वान र विज्ञ भन्नेहरूबाट पश्चिमी मिशनअनुसार धमाधम समाप्त गर्ने मुखर्ततापूर्ण कार्य गरेको देखिन्छ ।
३. संसारमा गणितको संख्याले गन्न र भन नसकिने भाषा पनि होलान् । ती सबै भाषाहरूको आफ्नै गुण र विशेषताहरू छन् । तर, बेदको ओजलाई अवलम्बन गरेर देवनागरि लिपि र डमरु ध्वनिबाट निश्रित भएका पाणिनीय १४ सूत्रमा आधारित बर्णाक्षरहरू बाहेक अन्य कुनै पनि लिपि र बर्णाक्षरहरू नभएको तथ्यलाई तत्ववेता भाषा वैज्ञानिकहरूले प्रष्ट्याउँदै आइरहेका छन् । बेदमा भएका सम्पूर्ण मन्त्र शक्तिको रहस्य देवनागरि लिपि र वर्णाक्षरहरूमा नै छन् । संस्कृत र प्राकृत नेपाली भाषाको मुल र मेरुदण्ड भनेकै देवनागरि लिपि र पाणिनीय वर्र्णाक्षरहरू नै हुन् । देवनागरि लिपि र बर्णाक्षरहरूको समाप्ति गरेपछि संंस्कृत, नेपाली, हिन्दी, पाली, मैथली, भोजपुरी, अवधि, नेवारी लगायतका भाषाहरू एकसाथ समाप्त हुन्छन् । यी भाषाहरूमा अभिलेखीकरण भएका इतिहास, भूगोल, राजनीति, अर्थनीति, धर्मग्रन्थहरू, तन्त्रशास्त्र, मन्त्रशास्त्र, यन्त्रशास्त्र लगायतका मूल्यवान तत्वहरूलाई एकै पटक मटियामेट बनाउन सकिने बृहत्तर योजना र उद्देश्यका साथ देवनागरि लिपि र वर्णाक्षरहरूमाथि चौतर्फी हमला गरिएको छ । वि.सं. २०१३ सालदेखि भारतको बनारसबाट आरम्भ भएको भाषा घात गर्ने यो विषाक्त हमला २०६२÷०६३ सालको परिवर्तनपछि नेपालीहरूको राज्यकोषको दुरूपयोग गरेर मौलाइरहेको छ । शिक्षालय, विद्यालय र विश्वविद्यालयहरूमा अभिभावकहरूलाई शुल्क तिराएर मन्त्रालय लगायतका नीति निर्माण गर्ने निकायबाटै भाषाघात गर्ने नीति तर्जुमा गरिएको छ । नेपाली बालबालिकाहरूलाई नेपाली भाषा पढाउने शिक्षक, शिक्षिका र प्राध्यापकहरूबाट आफ्नै भाषाको लिपि र वर्णाक्षरहरूलाई नै समाप्त पार्ने पठन पाठन भइरहेको छ ।
४. नेपालमा १ सय २५ मुल जाति र अन्य उपजातिहरू एवं १२७ भाषा, साहित्य, कला, संस्कार, संस्कृति र प्राचीनतम परम्पराहरूबाट महिमामण्डित हुनुको महानता रहेको छ । यी सबैलाई एकताको सूत्रमा जोड्ने सम्बन्ध सेतु आरम्भदेखिनै यही नेपाली भाषाको भूमिका रहेको छ ।
५. नेपाल राष्ट्रको भौगोलिक एकात्मक संरचना निर्माण गरेर नेपाली नागरिकहरूलाई अस्तित्वबोधको जागरणको आरम्भर श्री ५ पृथ्वीनारायण शाहबाट भएको र भावनात्मक सम्बन्ध सेतुको विस्तार सरल भाषाको माध्यमबाट आदिकवि भानुभक्तले गरेको तथ्य सर्वविदितै छ । यी दुवै ऐतिहासिक विभुती, भाषा र भुगोलमाथि पश्चिमा क्रिश्चियन मिशनअनुसार नेपालका बौद्धिक भनिने फण्डिङ बुद्धिजीवी, प्रा.डा. र राजनीतिक सबै क्षेत्रबाट विषाक्त प्रहार भइराखेको अवस्था छ ।
६. पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा समेत एकीकृत भएका भूभागमा बसोबास गर्ने नागरिकहरूलाई उनीहरूले मान्दै आइरहेको आफ्ना कुलाधर्मलाई सधैं कायम राख्ने सन्देश थियो । जसको कारण विविध भाषा, साहित्य, कला संस्कार, संस्कृति सभ्यता र धर्मको निरन्तरता रहेको देखिन्छ ।
७. शब्दकोष भाषाको संविधान हो । शब्दकोषबाट सुधारिएको वा बिगारिएको भाषाले मानव समाजको भाषा प्रयोगमा दीर्घकालिन असर पार्दछ । नेपालको पहिलो शब्दकोष पण्डित चक्रपाणि चालिसेबाट संकलित एव सम्पादति वि.सं. १९८९ सालमा प्रकाशित भएको बगली कोषलाई मानिएको छ । आकारले सानो भए पनि लिपि र वर्णाक्षरहरूको संरक्षक शब्दकोषको रूपमा बगलिकोषलाई नै मानिएको छ । किनकि यो कोषले हाम्रो भाषामा भएका १६ वटा स्वर बर्णहरू, ३६ वटा व्यञ्जन बर्णहरू र १२ वटा बाह्रखरीहरूलाई कायम राखेको पाइन्छ । यस्तै बालचन्द्र शर्माद्वारा सम्पादित एवं संकलित भएको वि.सं. २०१९ सालमा प्रकाशित भएको बृहत्तर नेपाली शब्दकोषले पनि नेपाली भाषालाई जगाउन, जोगाउन टेवा पु¥याएको देखिन्छ ।
८. सरल र प्रविधिमैत्री आत्मघाती एवं गैरकानुनी असंवैधानिक विषाक्त योजनाअन्तर्गत नेपाली भाषामा मौजुदा रहेका ६४ वटा वर्णाक्षरहरूमध्ये बाह्रखरीका १२ वटा वर्णाक्षरहरूमध्ये दीर्घजति क्रमशः हटाएर ह्स्व मात्रै राख्ने, स्वरवर्णका १६ वटा बर्णहरूमध्ये ६ वटालाई राखेर १० वटालाई विस्थापित गरिदिने र व्यञ्जन वर्णअन्तर्गत भएका ३६ वटा वर्णाक्षरहरूमध्ये २९ वटालाई बाँकी राखेर सातवटालाई कटाउने एवं हजारौं वर्षको प्रयोग र परीक्षणबाट स्थापित संयुक्त वर्णाक्षरहरूलाई समाप्त गर्ने योजना बनाइएको छ । यही विषाक्त उद्देश्य र योजना अनुरूपको पाठ्यक्रम तथा शब्दकोषहरू तयार गरेर भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकाहरूको शुद्ध भाषा सिक्न पाउने नैसर्गिक अधिकारलाई हनन् गरिएको छ । भाषाको लिपि र क्षरहरूसमेत समाप्त पार्ने यस्तो जघन्य अपराध मौजूदा वर्तमान संविधानको धारा १ को उपधारा (१), धारा ७ को उपधारा (१) एवं धारा २८ को पूर्ण बर्खिलाप छ ।
९. निर्देशक प्राध्यपाक बालकृष्ण पोखरेल र सदस्य विशेष सम्पादक डा. बासुदेव त्रिपाठी, प्रा.डा. बल्लभमणि दाहाल समेतको सम्पादकत्वमा तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको वि.सं. २०४० सालको बृहत नेपाली शब्दकोषबाट संसारकै सर्वोत्कृष्ट देवनागरि लिपि र पाणिनीय ब्याकरणमा धारित वर्णाक्षरहरूमाथि कृतिम, किर्ते, जालसाझीपूर्ण विषाक्त हमलाको शुभारम्भ भएको पाइन्छ । यो भाषाघाती महारोगको एउटा विकसित रूप वि.सं. २०७३ सालको नेपाली बृहत शब्दकोष प्रकट भएको देखिन्छ । मुलत भाषाको संविधान मानिने शब्दकोषबाट नै हजारौं वर्षको अभ्यास, प्रयोग र परीक्षणबाट शुद्ध र परिस्कृत भइसकेको नेपाली भाषालाई भाषिकामा परिणत गराएर समाप्त बनाउने योजना रहेको छ । यस्तो विषाक्त कोपभाजनमा परेका स्वर वर्णहरू क्रमश ः ई, ऊ, ऋ, ऋृ, लृ, लृ, अं, अः र व्यञ्जन वर्णहरू क्रमशः ञ, ण, श, ष, क्ष, त्र, ज्ञ, व रहेको देखिन्छ । त्यस्तै शुद्ध र परिस्कृत भइसकेका नेपाली भाषामा भएका संयुक्त बर्णहरूलाई समेत नामेट बनाउने योजना रहेको प्रष्ट देखिन्छ । जस्तै २०७३ सालको नेपाली बृहत शब्दकोषको हमलामा परेका संयुक्त वर्णहरू क्त, झ, त्त, फ्या, म्या, क्या लगायत सयौं संयुक्त वर्णहरूलाई समाप्त बनाएर दश वर्षभित्रका सम्पूर्ण रूपले बनिबनाउ भइसकेको नेपाली भाषाको लेख्य रूप संरचनालाई पूर्णत समाप्त बनाउने योजनाबद्ध विषाक्त हमला व्याप्त भएको देखिन्छ । यसकारण पश्चिमा क्रिश्चियन मेशिनरीको डलरमा डुबेर भाषा समाप्त गर्ने भूमिका निभाएका र निभाइरहेका तथाकथित बौद्धिक पात्रहरूको भण्डाफोर गर्दै भाषाको रक्षा गर्नु पर्ने अवस्था देखिन्छ ।