Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्लोबल आइएमई बैंकले थप्यो तीनवटा शाखा

काठमाडौं। आम नागरिकसमक्ष पहुँच पु¥याउने अभियचानमा रहेको ग्लोबल आइएमई बैंकले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले धनकुटा हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नयाँ बजार र खोटाङ्ग जिल्लाको दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४० पुगेको छ। बैंकले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम,१७९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत सेवा दिँदै आएको जनाएको छ।