Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज आउँदैछन् उत्तरी पाहुना

काठमाडौँ । नेपालमा बढेको राजनीतिक अस्थिरतासँगै दुई छिमेकीका दूतहरुको सक्रियता बढेको छ । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो आज नेपाल भ्रमणमा आउँदै छन् ।

एकदिने कार्यशील भ्रमणमा उनी आज काठमाडौँ आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आजै साँझ स्वदेश फर्कने छन् ।


सम्बन्धित समाचार