Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यिनको आयो मन्त्री बन्ने पालो

काठमाडौँ । संविधान विघटन गरेर निर्वाचनको मिति तोकेको वर्तमान सरकारले बाँकी रहेको मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने प्रक्रिया थालेको छ । नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले खाली रहेका मन्त्रालयमा छिट्टै मन्त्री चयन गरिने बताएका हुन् । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका थिए । ती ठाउँमा मन्त्रि नियुक्तिको तयारीमा नेकपा ओली समूह लागेको हो ।
मन्त्रीमंडल विस्तार गर्ने तयारी प्रधानमन्त्री ओलीले थालेपछि को को नयाँ मन्त्री बन्लान भन्ने चासो बढेको छ । यता बालुवाटारमा भने नयाँ मन्त्रीहरूको खाका तयार भैसकेको दाबी स्रोतले गरेको छ । विस्तार हुने मन्त्रिपरिषदमा सबैभन्दा ठुलो भाग भने भर्खरै प्रचण्डको साथ छाडेर ओली समुहमा गएका टोपबहादुर रायमाझीले पाउने आंकलन गरिएको छ । किनकि रायमाझीले बुधबार केहि समर्थक र पत्रकारहरूलाई आफू शक्तिशाली मन्त्रालयमा जान लागेको बताउंदै कार्यक्रममा आउन आग्रह गरेका थिए ।
त्यतिमात्र होइन रायमाझीले राम्रो मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीसँग लामो समयदेखि बार्गेनिङ गरेका थिए । मन्त्री पास पाउने कुरा मिलेपछि उनी ओली पक्षमा गएको स्रोतले दाबी समेत गरेको छ । त्यस्तै पूर्वमाओवादीकै मणि थापाले पनि एउटा मन्त्रालय पाउने गरी बालुवाटारमा सहमति गरेका छन्। उनले पनि हालै प्रचण्डको साथ छाडेर ओली पक्षमा गएका छन् । त्यस्तै अर्को मन्त्रालय पाउने भाग्यमानि व्यक्ति हुन् महेश बस्नेत । बस्नेत ओलीका प्रियपात्र हुन् उनले ओलीका हरेक कदममा साथ दिंदै आएका छन् ।


सम्बन्धित समाचार