Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रेमिकालाई गोली हानेर मार्ने लिम्बू १० वर्षपछि पक्राउ

काठमाडौँ । प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपित १० वर्ष पछि पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको मूलपानीबाट लिम्बूलाई पक्राउ गरेको हो । पाँचथरको एउटा होटेलमा प्रेमिकालाई लगी अर्को दिन गोली हानी हत्या गरी फरार रहेका कुमुक हाङ भनिने पवन लिम्बुलाई प्रहरीले बिहीबार मूलपानीबाट पक्राउ गरेको हो ।

पवनले १० वर्षअघि प्रेमिका सुष्मा तुम्बाहाङ्फेलाई गोली हानी हत्या गरेका थिए । मृतक सुष्मा र आरोपित पवन दुवै ताप्लेजुङका हुन् । उनीहरु पाँचथर सदरमुकाम फिदिमको एउटा गेस्ट हाउसमा बसेका थिए । ब्रिटिस सेनामा भर्ना हुने पक्रियाका लागि पवन ताप्लेजुङबाट झापा आएका थिए । उनीसँगै ती किशोरी पनि झापा आएकी थिइन् । ब्रिटिस सेनाको भर्ना प्रक्रियामा सहभागी पवन सुष्मासँगै फिदिम गएका थिए ।

एक रात त्यहीँ गेस्ट हाउसमा दुवै जना बसेकोमा भोलिपल्ट पवन सुष्मालाई गोली हानी फरार भएका थिए । प्रहरीको अनुसन्धानमा उनी विवाह गरेर काठमाडौंमा बस्दै आएको खुलेको छ । ताप्लेजुङ स्थायी घर भएका २७ वर्षीय पवन विवाहपछि मूलपानीमा लुकिछिपी बस्दै आएको खुलेको हो । थप अनुसन्धान गरी मुद्दा चलाउन लिम्बुलाई जिल्ला प्रहरी कार्यालय पाँचथर पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।