Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सम्पत्ति शुद्धिकरणको घेरामा गच्छदार

काठमाण्डौ । भ्रष्टचार मुद्धामा विशेष अदालतमा रु ५ करोड बक्सिश दिएर उम्कन खोजेका विजय गच्छदार प्रधानमन्त्री केपी ओलीको अधिनमा रहेको सम्पत्ति शुद्धिकरणको घेरामा तानिएका छन् । उनका साला सहदेव कक्षपति चेक बाउन्स काण्डमा दिल्लीबजार खोरमा पुगेका छन् । बिजयको नाउमा लुट्ने र सम्पति थान्को लगाउने उनै हुन् । अटोपोलको व्यापार देखाउने मात्र हो । यो व्यापारले सिङ्गापुरमा अपार्टमेन्ट किन्न सकिँदैन त्यो गच्छदारको सम्पति हो । पैतृक सम्पति बाहेक गच्छदारसँग छैन भन्नेहरूले सम्पति शुद्धिकरणको छानबिन पर्खेका छन् । बिभागले गत साता सबै सम्पत्ति रोेक्का गरेको छ । बालुवाटारको हबेली बेचेर भैंसेपाटी पुगेका गच्छदारलाई फसाउने दिप बस्नेत हुन् । मन्त्रीलाई फाइल सदर गर्न पठाउने यीनै सचिव हुन् ।

एजेन्डा बन्दै ललिता निबास
ललिता निबास जग्गा प्रकरण सफल बनाएर भूमाफियासँग आठ आना जमिन सित्तैमा लिने अर्थमन्त्रि बिष्णु पौडेल प्रधानमन्त्री केपि ओलिको कुकर्मका साक्षी बस्दा सिआइबिको छानबिनमा परेनन् । माफियासँग पैसा बुझेर ११३ रोपनी जमीन नक्कली मोही खडा गरेको समूहलाई सघाएका दिप बस्नेत खोरमा परेपछि त्यही बेला भौतिकपूर्बाधार मन्त्री भएका उनै बिजय गच्छदारसमेत उम्कने बाटो खोज्दैछन् ।

राजनीतिक दाउपेचमा प्रधानमन्त्री केपिको गुटमा परेपछि ओम्नीको लुट एतिहोल्डिङ्स र थामसेर्कुको ब्रम्हलुट, सेक्युरिटी प्रेस खरिद, वाइडबडी काण्ड, एनसेलको कर छलिजस्ता कुरामा सहभागि कसैलाई कारबाही हँुदैन । किनकि नीति ललिता निबासको ११३ रोपनि सरकारी जमीन नक्कली माही खडा गरेर बिष्णु पौडेलले समेत बिना लगानी ८ आना कब्जा गरेको विषय छानबिनमा पर्ने छैन । किनकि उनी प्रम ओली गुटका बलिया खम्बा हुन् । तत्कालिन भौतिक पूर्वाधाचर सचिव र त्यो गिरोहले बाटो खोल्न मन्त्रालयमार्फत् मन्त्रीपरिषद्मा फाइल पु¥याएको थियो । यो काण्डमा ४५० जना जोडिएका छन् । ललिता निवास काण्डका केही नेताहरू प्रम ओलिको इगोमा पर्न सक्छन् ।

प्रम ओलि र उनको टीमलाई कानून लाग्दैन । माफिया रामकुमार सुबेदी, शोभाकान्त ढकाल पक्राउ नपर्ने, मालपोतका कर्मचारीलाई दोष देखाएर राज्य उम्कन खोज्नुमै शंका छ । २०६२ सालदेखि ललिता निबास प्रकरणले चर्चा पायो । सरकारी छेकथुन खोल्न सहज बनाए बापत सर्बोच्चका न्यायधीस रेग्मी श्रीमान् र बिष्णु पौडेलले घडेरी पाए अहिले फिर्ता गर्दा यी जोगिए । सिआइबिले गरेको छानबिनमा धैरै शंका गर्न हुँदैन । तर यो मौका दिलाउने भ्रष्ट राजनीतिक संकार हो । एउटै मुद्दामा जेल जाने र कसुर नलाग्ने हुँदैन, ललिता निबास काण्ड राजनीतिक संरक्षणमा सफल भएको हो । यो काण्डमा निष्पक्षता अपनाउने हो भने बिष्णुु पौडेलहरूले जग्गा फिर्ता गरेर पुग्दैन ।