Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कास्मीरमा चीन र भारतका सैनिकहरुबिच घम्साघम्सी परेपछि विश्व राजनितिले शान्ति र विकासलाइ चुनौती दिएको छ। चिनियाँ राष्ट्रपति सी जीनफिङले ‘नयाँ शीतयुद्ध’ सुरु हुन सक्ने चेतावनी यसको सङकेत होे। राष्ट्रपति सीले विश्वका सबै मुलुकलाई कोरोना भाइरस कोभिड–१९ को महामारीविरुद्ध एकजुट हुन पनि आग्रह गरेका छन् ।
सीले भनेका छन्, ‘साना साना समुहहरु बनाउनु वा नयाँ शीतयुद्ध सुरु गर्नु, अर्कोलाई अस्वीकार गर्नु, अरुलाई धम्क्याउनु वा डर त्रास देखाउनेजस्ता कार्यले विश्वलाई केवल विभाजनतर्फ लैजान्छ ।’
सोमबार डाभोस फोरमको भर्चुअल सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडनले सहयोगी मुलुकहरुसँग मिलेर चीनको प्रभाब रोक्ने योजनातर्फ संकेत गर्दै चिनियाँ राष्ट्रपतिले यस्तो बताएका थिए ।
उक्त सम्मेलनमा बाइडन भने सहभागी थिएनन् । व्यस्तताको कारण बाइडनको सट्टा अमेरिकी प्रतिनिधिको रुपमा जलवायुदूत जोन केरीले सहभागिता जनाएका थिए ।
डाभोस फोरममा करिब २५ मिनेट बोलेका चिफिङले विश्वको अर्थतन्त्रलाई खुला बनाउनुपर्ने बताए । त्यसका लागि भेदभाव र बहिष्कारपूर्ण मापदण्ड, नियम र प्रणाली हटाइनुपर्ने बताउदै व्यापार, लगानी र प्रविधिको आदानप्रदानबारे रहेका अवरोधहरु हटाइनुपर्ने जोडदिए।
डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाको चीनसँग व्यापार, प्रविधिदेखि हङकङ, ताइवान, सिन्चियाङ र कोरोनाबाट विवाद देखिएको थियो ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल