Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज गर्दैछन् वामदेवले विशेष घोषणा

काठमाडौं । नेकपाको विभाजनपछि दुवैतिर नखुलेका तर जता अवसर आउँछ त्यतै खुट्टा उचालेका बसेका नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम संयोजक रहेको एकता राष्ट्रिय अभियानको आजबाट औपचारिक घोषणा हुने भएको छ । आज धोबिघाटस्थित सिद्धार्थ पार्टी प्यालेसमा यसको घोषणा हुने भएको हो । एकता अभियानमा नेकपाका प्रदेशसभा सांसद देखि निवर्तमान सांसद, केन्द्रीय सदस्यहरु पनि रहेका छन् । मनाङ ख का प्रदेशसभा सांसद दिपक मनाङे पनि रहेका छन् । निर्वाचन आयोगले केपी शर्मा ओली र प्रचण्ड माधवकुमार नेपाल समूहको नेकपा दुुवैको विभाजनलाई अस्वीकार हुने गरी निर्णय दिएपछि गौतम झन् उत्साही छन् । उनले नेकपा एकता अभियान चलाएर शक्ति सञ्चय पनि गरिरहेका छन् ।