Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संवैधानिक आयोगको नियुक्तिमा सर्वोच्चले खोज्यो सरकारसँग कारण

काठमाडौँ । विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिबारे सरकारका नाममा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश कुमार प्रसाद रेग्मीको एकल इजलासले सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्ने गरी कारण देखाउ आदेश दिएको हो।

वरिष्ठ अधिवक्ता डा। दिनेश त्रिपाठीले संविधानको प्रतिकुल हुने गरी सरकारले अध्यादेश ल्याएर सोही अध्यादेशमार्फत संवैधानिक परिषदको बैठक बसी विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि गरिएको सिफारिस असंवैधानिक भएको दावीसहित रिट दायर गरेका थिए । रिट निवेदकका तर्फबाट निवेदक त्रिपाठी, वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका थिए ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल