Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युवा संघ (ओली) मा क–कले पाए जिम्मेवारी ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले भ्रातृ संगठना युवा संघले केन्द्रीय समिति पुनर्गठन गरेको छ। आइतबार र सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले बच्चनबहादुर सिंहलाई अध्यक्ष र किरण पौडेललाई सहअध्यक्ष चयन गरेको युवा संघका निवर्तमान अध्यक्ष रमेश पौडेलले जानकारी दिए। पुर्नगठनको घोषणा नेकपाका युवा इन्चार्ज महेश बस्नेतले गरेका थिए। युवा संघको उपाध्यक्ष सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम, सुमन पुरी बनेका छन्। यसैगरी महासचिव रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारीलाई मनोनयन गरिएको छ। त्यस्तै सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई सचिव छन्।
त्यसैगरी युवा संघले मुकेश बुढाथोकीलाई कोषाध्यक्ष बनाएको छ। राकेश लामा र हिमेश केसीलाई सहकोषाध्यक्ष बनाइएको छ। युवा संघले निर्वाचन आयोग प्रमुखको जिम्मेवरी बाबुराम पाण्डेलाई दिएको छ भने लेखा आयोग प्रमुखको जिम्मेवारी सुदीप सापकोटालाई दिएको छ। सो आयोगको उपप्रमुख प्रल्हाद प्रधानलाई बनाइएको छ।