Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृह मन्त्री ज्यू निर्मला र भगिरथीका बलात्कारी पक्राउ गर्न अनेमसँघले दबाब दिएन ?

काठमाण्डौ । कम्युनिष्ट पार्टीमा देखा परेको आन्तारिक द्दन्दले उग्र रुप लिन थालेको छ । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीलाई प्रभू नठान्नेहरुको निम्ति अब ओली सासन काल बन्ने स्थिती पैदा भएको छ । राष्ट्रको गरिमालाई बचाउने हो भने प्रतेक नेताले आन्दोलनबाट स्थापित भएका संस्थाहरुको गरिमा राख्नुपर्दछ । अहिले व्यक्ति भन्दा प्रवृत्ति खतरनाक बन्दै आइरहेको छ । त्यसको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीले ससंदीय गरिमा बचाउने भन्दा आफ्नो स्वार्थका निर्णयहरु गर्न थालेका छन् । यसको नमुना नेकपाकी नेतृ एवम विघठित संसदकी सदस्य राम कुमारी झाक्री भएकी छन् । तीनै झाक्रीलाई निर्वाचनको समयमा संसदको टिकट नदिने पनि विद्या भण्डारी हुन् । भण्डारी प्रधानमन्त्री केपी ओलीको कारण मुलुकको राष्ट्रपति भएर गुटको सेवामा पुगेका प्रमाण राम कुमारी विरुद्ध लगाइएको राज्य अपराधको मद्दा हो । आन्दोलनमा जनताका बिच सहभागी भएर देशका युवा पंङ्तीलाई आफू सगै सडकमा हिडाउन सफल झाक्री विद्यार्थी जगतमा लोकप्रिय नाम हो । उनले राष्ट्रपति विद्या भण्डारीका बारेमा बोलेका कुरा गलत हुन सक्छन् । तर झाक्री आफैले प्रवृतिका बारेमा प्रसङ्ग उठाएको बताइ सकेकी छन् । उनलाई प्रकाउ गर्न नेपाल प्रहरीको अपराध अनुसन्धान महासाखाको प्रहरी टोली प्रकाउ पुर्जी लिएर घर मै पुगेको थियो । वैतडीको बलात्कार काण्ड र हत्यामा सहभागी अपराधी पत्ता लगाउन नसकेको नेपाल प्रहरी कन्चनपूर बलात्कार र हत्या काण्डमा पनि असक्षम साबित भएको बेला गृह मन्त्रालयमा ओली पक्षधर महिलाहरुले झाक्रीलाई कारबाही गर्न दिएको निबेदन कार्यन्यन गर्न भने निकै हतारिनु बालुवाटर र सितल निवसको दवाव हो भन्ने प्रष्ट देखियो ।


सम्बन्धित समाचार

यस्ता नेताले जनता बुझेनन्

२०८१ मंसिर १४

ताजा नेपाल

संयन्त्रको हैकम चम्कदै

२०८१ मंसिर १४

ताजा नेपाल