Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पौडेल बोलिसक्दा शेरबहादुर चुइक्कै बोल्दैनन्

काठमाडौं । रामकुमारीले गरेको अपराध राज्यद्रोहको हदको पक्कै थिएन । बोलीमा संयमता अपनाउन नसक्नु उनको ठूलो गल्ती हो । उनको पक्राउ पछि सिंगो मुलुक क्रिया प्रतिक्रियामा लागेको छ । सत्तापक्ष नेकपा चुपाचाप छ भने त्यसका कार्यकर्ता पक्राउ पुष्टि गर्न सामाजिक सञ्जालमा खनिएका छन् ।

पक्राउको विरोधमा देशभरि आन्दोलन भइरहेको बेला काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पक्राउको विरोध गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेका छन् । सरकारले नेकपाकी नेतृ एंव निवर्तमान संसद रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ, पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ । हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होइन। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु । साथै उनलाई विना शर्त रिहा गर्न समेत माग गर्दछु ।

पार्टी वरिष्ठ नेता र युवा नेताहरुले रामकुमारी पक्राउको चर्को विरोध गर्दा पार्टी सभापति शेरबहादुर देउवाको बोली फुटेको छैन । विचाराधिन मुद्दामा बोल्न हुँदैन भन्दै सरकारको भित्री समर्थनमा पुगेका देउवालाई के त्यस्तो अप्ठ्यारो र बाध्यता छ ?  जबकि यस घटनाको विरोधमा राप्रपा अध्यक्ष कमल थापाले विरोध गरिसकेका छन् ।