Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीको रासन भत्ता बढाइने

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले मूल्यवृद्धिअनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्ता तत्काल बढाईने बताएका छन् । रासन भत्ताको पुनरावलोकन सम्बन्धमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसअनुसार तत्काल रासनभत्ता वृद्धिका लागि प्रक्रिया अगाडि बढाउने बताए । उनले आर्थिक वृद्धि र समृद्धिका लागि शान्तिसुरक्षा अनिवार्य शर्त रहेको र शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिने प्रष्ट्याए ।
लामो समय भत्ता वृद्धि रोकिने अवस्थाको अन्त्य गरी प्रत्येक वर्ष स्वतः भत्ता पुनरावलोकन हुनेगरी गृह मन्त्रालयले समिति बनाउने गृहमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो । पछिल्लो छ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता वृद्धि हुन सकेको छैन । सहसचिव गौतम नेतृत्वको कार्यदलले पछिल्लो छ वर्षमा खाद्यान्नमा सरदर ३३ प्रतिशत मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै मूल्यवृद्धि र सरकारको वित्तीय स्रोतको उपलब्धता हेरी उपयुक्तमात्रामा रासन भत्ता वृद्धि गर्न सिफारिस गरेको हो । आजको उक्त कार्यक्रममा गृहसचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षककोसमेत उपस्थिति रहेको थियो ।