Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज टुँडिखेलमा मानव साङ्लो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको लहडका भरमा भएको संसद विघटनको विरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको दाहाल नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने भुसालले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल( नेपाल समूह पुस ५ पछि आन्दोलीत छ ।
यो समूहले ५ फागुनदेखि २१ फागुनसम्म चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए। यो समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा प्रदर्शन गरेको थियो।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल