Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पृथ्वी विचारलाई संयुक्त राष्ट्रसंघमा प्रवेश गराउ

नेपाल संयुक्त राष्ट्रसंघमा प्रवेश गरेको पनि यति लामो समय भएको छ । यस अवधिमा संयुक्त राष्ट्रसंघका सबै महासभामा नेपालका राष्ट्रप्रमुख, सरकार प्रमुख, विदेशमन्त्री वा प्रतिनिधिले सम्वोधन गरेका छन् । यी लगायत संयुक्त राष्ट्रसंधका अन्य मन्चमा पनि नेपालका धेरै प्रतिनिधिहरूले सम्वोधन गरेका छन् । सबैले राम्रै मुद्घा उठाएका होलान् । तर नेपाललाई उठाउने मूलविचार कसैले कहिल्यै उठाएनन् । हामी संयुक्त राष्ट्रसंघमा नेपाललाई उठाउने नेपालको मूलविचार कुन हो किन हो र किन यो उठाउनुपर्छ भन्ने बारेमा हामी छलफल चलआै बहस चलाऔ । नेपाललाई उठाउने तर संयुक्त राष्ट्रसंघमा नेपालले कहिल्यै नउठाएको विचार पृथ्वीविचार हो । पृथ्वीविचारले नेपाललाई उठाउन सक्छ भन्नेतिर मुकुट ओढ्ने र मुकुट तोड्ने कसैको कहिल्यै ध्यान गएको पाइएन । हामी सबैको ध्यान यतातिर खिच्न चाहन्छौं । अब समय आएको छ पृथ्वीविचारलाई संयुक्त राष्ट्रसंघमा प्रवेश गराउने र नेपालको प्रतिष्ठा माथि उठाउने । विषयलाई यसैमा केन्द्रित गरौं । पृथ्वीविचारले कसरी नेपाललाई उठाउँछ उठाउने आधार के हुन् कुन विषयलाई प्राथमिकताको साथ कसरी उठाउने बारेमा चर्चा गरौं ।
पृथ्वीविचारले संयुक्त राष्ट्रसंघले उठाउनुपर्ने वा उठाउन चाहेका जुनसुकै समस्यालाई सम्बोधन गर्नसक्छ भन्ने तत्व बोध नेपालका कुनै सत्ताधारीलाई कहिल्यै भएन । राजनीति दलहरू विदेशी विचारले मात्र प्रभावित भए । उनीहरूले विदेशी विचार विदेशी नेतामा मात्र शक्ति छ भन्ने भ्रममा दैडिइरहे । पृथ्वीनारायणलाई सामन्ति भन्दा बढ्ता केही देखेनन् दलहरूले । सामन्ति भन्दा बढ्ता केही नदेख्नेहरूले त्याहाँ विचारको कुनै शक्ति हुन्छ भन्ने नसोच्नु सामान्य र स्वभाविक पनि हो । उनीहरूमा पृथ्वीनारायणको जति बिरोध गर्न सको त्यति नै शक्ति प्राप्त हुन्छ भन्ने भ्रम पालेर दौडिरहे । त्यसैले उनीहरूले पृथ्वीविचारको शक्ति कहिल्यै बुझेनन् र राष्ट्रिय तथा अन्तराष्ट्रिय मन्चमा कहिल्यै पृथ्वीविचारको चर्चा नै गरेनन् ।
राजनीति दल जस्तै नेपालका कुटनीतिज्ञहरूमा पनि नेपालका नेताको विचारमा पनि शक्ति हुन्छ भन्ने कहिल्यै ध्यान जान सकेन । ध्यान गएको भए उनीहरूले पनि राजनीति नृतृत्वको ध्यान तान्न सक्थे र पृथ्वीविचारको शक्ति बुझाउन सक्थे । परराष्ट्रका कर्मचारीले पनि पृथ्वीविचारमा शक्ति छ र यसले संयुक्त राष्ट्रसंघका समस्यालाई सम्बोधन गर्न सक्छ निदर्«ेशन गर्नसक्छ भन्ने बुझ्न सकेका भए उनले तयार गर्ने भाषणमा पृथ्वीविचारले स्थान पाउने थियो । तर कहिल्यै पाएन । यो स्वभाविक हो किनभने तिनले पृथ्वीविचार कहिल्यै पढेनन् । राजतन्त्रकालमा पनि पृथ्वीनारायणलाई राष्ट्रनिर्माता भन्दा बढ्ता देख्ने बुझ्ने र चर्चा गर्ने काम कहिल्यै भएन । पुष २७ गते बिदा दियो औपचारिक सभाहरू गरो उनको एकिकरणको बखान गरे केही दिव्य उपदेशको बखान गरे शाहवंशको बखान गरो उनी तत्कालिन महाराजाहरूको स्तुति गाएर चाकडी बनाउने बाहेक पृथ्वीनारायण र पृथ्वीविचारलाई गहिरो र व्यापक किसिमले बुझ्ने काम कोहीबाट भएन । यसरी बुझेको भए पृथ्वीविचार संयृक्त राष्ट्र संघमा धेरै पहिले नै प्रवेश गरिसकेको हुने थियो ।
छलफल गरौं पृथ्वीविचारलाई संयुक्त राष्ट्रसंघमा कसरी प्रवेश गराउने र कस्ता विचारलाई प्रवेश गराउने भनेर । संयुक्त राष्ट्रसंघमा हरेक वर्ष हुने महासभामा नेपालले प्राय सरकार प्रमुख, परराष्ट्र मन्त्रीले संवोधन गर्दछन् । त्यही संवोधनको लिखत भाषण मार्पmत नेपाल सरकारले नेपालको पृथ्वीविचारलाई सम्मान र गर्वकोसाथ संयुक्त राष्टं«संघमा प्रवेश गराउन सक्छ । यो नै पृथ्वीविचारलाई संयुक्त राष्ट्रसंघमा प्रवेश गराउने सबभन्दा उचित अवसर हुनेछ । सो बाहेक संयुक्त राष्ट्रसंघमा अनेक विषयका सङ्गठनहरू छन् ति सङ्गठनमा पनि नेपालले माथि भनिए जस्तै सम्बोधनको क्रममा पृथ्वीविचारलाई प्रवेश गराउन सक्छ । संसार जित्ने विचारले हो । विचार आफैमा बलियो शक्ति हो । नेपालले आफ्नो शक्तिको पहिचान गर्नसक्नु पर्दछ र आफ्नो शक्तिको अन्तराष्ट्रिय मुन्च मार्फत अन्तराष्ट्रियकरण गरेर नेपालको प्रतिष्ठा बढाउने र थप उचो बनाउने काम नेपालले गर्नु पर्दछ । नेपालले विश्वजगतलाई नेपाल पहाडको शिखर मात्र भएको देश होइन विचारको शिखर पनि भएको देश हो भनेर सन्देश दिन सक्नु पर्दछ । पृथ्वीविचारलाई संयुक्त राष्ट्रसंघको कुन मन्चमा कुन विचारलाई प्रवेश गराउन सकिन्छ छलफल त्यतातिर केन्द्रित गरौं । नेपालका संस्थापक वा राष्ट्रनिर्माता बडानेता पृथ्वीनारायण शाहले यति वर्ष अगाडि नै नेपाल सबै जातको फूलबारी हो भनेर उद्घोष गरेका थिए भनेर नेपालले संयुक्त राष्ट्रसंघको महासभामा सम्वोधनको क्रममा राख्नु पर्दछ । यो जातीय एकता र समानताको उत्कृष्ट र पूmलबारी जस्तै सुन्दर विचार भएकोले नेपाल यो सुन्दर विचार संयुक्त राष्ट्रसंघको यसै मन्च मार्फत संयुक्त राष्ट्रसंघ संघ र सबै सदस्य राष्ट्रहरूलाई समर्पण गर्दछ मन्नु पर्दछ । सबै राष्ट्रहरूले जातिय एकता र समानताको लागि आ–आफ्नो मुलकमा भावनात्मक एकता बढाउन यो नारा उपयुक्त हुन्छ भन्ने नेपाल विश्वास गर्दछ भन्नुपर्दछ । साथै नेपालले जातीय एकता र समानताको लािग विश्वलाई सबै जातको साझा पूmलबारी बनाऔं भन्ने मूल नाराको साथ पृथ्वीनारायण जन्मेको दिन वा यो विचार उनले सार्वजनिक गरेको दिन सप्ताहामा संयुक्त राष्ट्रसंघलाई जातीय एकता र समानताको पूmलबारी दिवस मनाउन नेपालले आव्ह्वान गर्नु पर्दछ । यस मानेमा पनि यसको महत्व हुन्छ कि जुनबेला पृथ्वीनारायण शाहले यो विचार सार्वजनिक गरेका थिए त्यो बेला संयुक्त राष्ट्रसंघ र यसका अधिकाँस सदस्य राष्ट्रहरू जन्मेकै थिएनन् । विश्वको जेष्ठ राज्यमध्ये एक नेपालका जेष्ठ नेताको श्रेष्ठ विचारलाई संयुक्त राष्ट्रसंघमा नेपालले प्रवेश गराएपछि यसले नेपालको विश्व स्तरमा प्रभाव र प्रतिष्ठा बढाउन योगदान दिन्छ ।
यसबाहेक संयुक्त राष्ट्रसंघलाई सम्वोधन र निर्देशन दिनसक्ने नेपालसँग धेरै पृथ्वीविचार छन् तिनलाई नेपालले संयुक्त राष्ट्रसंघका महासभामा या उसका विभिन्न सङ्गठनहरूमा पनि नेपालले पृथ्वीविचार प्रवेश गराउन सक्छ । यस्ता धेरै विधालाई सम्वोधन गर्नसक्ने पृथ्वीविचारले सामथ्र्य राख्दछ । पृथ्वीविचासँग यो हैसियत छ । जस्तो विश्व कृषि तथा खाद्य सङ्गठनमा नेपालले खेतियोग्य जमिन बस्तिले नढाक भन्ने पृथ्वीविचारलाई प्रवेश गराउँदै यो सङ्गठन मार्फत विश्वव्यापी खेतियोग्य जमिन जोगाउने अभियान चलाउन पृथ्वीविचारलाई नेता बनाउन सकिन्छ । भ्रष्ट्राचार बिरोधि संयुक्त राष्ट्रसंघ लगायत जुनसुकै अन्तराष्ट्रिय मन्चमा नेपालले पृथ्वीविचारको घूस खान्या र घूस दिन्या राजाका याने नेतृत्व र राज्यका वा निकायका शत्रु हुन् भन्ने विचारलाई नेताविचार बनाएर पृथ्वीविचारको नेतृत्वमा विश्ववव्यापी भ्रष्टाचार बिरोधि अभियान चलाउन वा कडा कानुन बनाउने समेतको माहौल बनाउन नेपालले पहल गर्न सक्छ ।
जाइकटक नगर्नु झिकिकटक गर्नु भन्ने पृथ्वीविचारलाई अनाक्रमक पराराष्ट्र सिध्दान्त बनाउन नेपालले संयुक्त राष्ट्रसंघका जुनसुकै मन्चमा प्रवेश गराएर नेपालले नेपाल र नेपाली नेताको प्रभाव बढाउन पहल गर्नु पर्दछ । यो संग मिल्दा अन्य मन्चहरूमा पनि नेपालले पृथ्वीविचारलाई नेता बनाउन पहल गर्न सक्दछ । उत्पादन बढाउने निर्यात बढाउने विदेशी मुद्रा आर्जन गर्ने लगायतका स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रका सबै मन्चहरूमा पृथ्वीविचारलाई नेताविचार बनाउन सकिन्छ । सैनिक मन्चमा सेनाको तालिम दक्षता बढाउने खालका मन्चमा हुन् या नागरिकमा सीप सिकाउने या प्राविधिक क्षमता बढाउने सवालका मन्चमा पृथ्वीविचारलाई प्रवेश गराउन सकिन्छ । विश्व मन्चका जुनै विषयमा पनि पृथ्वीविचारलाई प्रवेश गराउन सकिन्छ । हरेक सदस्य राष्ट्रहरूले आ–आफ्ना लोक सँस्कृति नाच गान आदि बचाउने र रमाउने अभियान र योजनामा पृथ्वीविचारलाई जोड्न सकिन्छ । आदि इत्यादि धेरै छन ।
सार्क लगायत द्विपक्ष्ीाय मन्चमा पनि नेपालले पृथ्वीविचार प्रवेश गराउन सक्दछ । चीनसंगको सम्बन्धको चर्चा गर्दा चीनसँग बलियो सम्बन्ध बनाउनु भन्ने पृथ्वीनारायणको पृथ्वीविचारलाई उधृत गर्दा चिनिया नेताहरू खुशी नै हुनेछन् । यसले नेपाल चीनको सम्बन्धलाई थप घनिष्ठ बनाउन योगदान दिन्छ । चीन र नेपालको समानताको कुरा गर्दा विदेशी शक्तिलाई खेद्न नेपालका पृथ्वीनारायण र चीनका माओले छापामार शैलीको प्रयोगका कुरा पनि उठाउन सकिन्छ ।
उता भारतसँग समानताको कुरा गर्दा पनि पृथ्वीनारायण र माहात्मा गान्धीले अंग्रेजलाई निकाल्ने समान कामको नेतृत्व गरेको कुरा उठाउन सकिन्छ । पृथ्वीनारायणले पनि विदेशी कपडा मन्हाई गर्न र स्वदेशी उत्पादन मात्र लगाउन भने जस्तै महात्मा गान्धीले चर्खा आन्दोलनसँगै विदेशी उत्पादन बहिस्कारको अभियानलाई जोड्न सकिन्छ । यसले पनि नेपाल भारतको सम्बन्धमा भावनात्मक बिकास गर्न योगदान नै दिन्छ । नेपालसंग विचारको मणि छ नेपालले त्यो मणिको शक्ति चिनेर त्यसको सदुपयोग गर्न सकेको छैन । विलम्ब नगरी नेपालले पृथ्वीविचार पढ्नु पर्दछ र पृथ्वीविचारलाई जुनसुकै अन्तराष्ट्रिय मन्चमा प्रवेश गराउनु पर्दछ । नेपालसँग विचारको सगरमाथा छ यसलाई अन्तराष्ट्रि मन्चमा खडा गर्न नेपालले जान्नु पर्दछ । सबैलाई चेतना भया ।