Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बा थाके कार्यकर्ताको बिचल्ली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् । उनले अझै पनि गल्ती भयो मिलेर जानु पर्छ जनताले नेकपालाई दिएको मत संरक्षण गरौँ भने भने प्रचण्ड र माधवले स्वीकार्न बाध्य हुनु पर्दछ किनकी ७४ सालको निर्वाचनले नेकपालाई दिएको जनमत ओली कै कारण यतिखेर छिन्नभिन्न हुने हो कि भन्ने शंका धेरैमा छ ।

अब अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिए पनि ओलीको व्यवहारबाट कुनै दल उनैलाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर अगाडि आउन सक्दैनन् । मधेस केन्द्रीत राजपा र नेपाली काग्रेसको बहुमत पक्षले प्रधानमन्त्रीको कदम असंवैधानिक भनेकोले पनि ओलीलाई सुरक्षित स्थानको खोजी गर्नु पर्ने बाध्यता आएको हो ।

बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् ।

‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीको भनाई छ । ओली पक्षको स्थायी समिति बैठक भोलि बिहीबार पनि बस्नेछ । उनका पक्षका स्थायी समिती सदस्यहरु १२ जनाबाट १४ हुदा पनि बहुमत त प्रचण्ड माधव तर्फ नै छन् ।