Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता बाहिरकाे दाहाल नेपाल समूहलाई पार्टी र चुनाव चिन्ह दिने निर्वाचन आयोगको तयारी

काठमाडौं । बहुमत केन्द्रीय सदस्य लिएर बसेको नेकपाको प्रचण्ड माधव समूहलाई आधिकारीक दिने तयारीमा निर्वाचन आयोग पुगेको छ । सर्वोच्चको निर्णय कुरेर बसेको आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल नेपाल समूहलाई दिने तयारी थालेको हो । आधिकारिकतासम्बन्धी विवादमा आयोगले केन्द्रीय कमिटीमा जस्को बहुमत हुन्छ उसैलाई दिने तयारी गरेको हो । नेकपा विभाजित हुँदा दाहाल नेपाल समूहको केन्द्रीय कमिटीमा बहुमत देखिएको थियो । तर, त्यसको प्रमाणिकरण गरेपछि मात्र आयोग निर्णयमा पुग्ने बुझिएको छ ।आयोग स्रोतका अनुसार एकपटक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा र दाहाल नेपाल समूहको नेकपालाई पत्राचार गरी बोलाउने छ । मौजुदा केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि सभा सदस्यहरु कुन पक्षमा बढी छन् भन्ने प्रमाण संकलन गर्नेछ । निर्वाचन आयोगमा संवैधानिक इजलास गठन गर्ने र आवश्यक परेमा एमिकस क्युरी समेत राखेर निर्णय लिने प्रक्रिया समेत मिलाइएको बुझिएको छ । सबै प्रक्रिया अपनाउँदा वैशाखसम्म पनि निर्णय आउन लाग्न सक्छ, आयोग स्रोतले भन्यो । सुर्य चिन्ह र पार्टीको आधिकारिकतको विषयमा आयोगमाथि चौतर्फी दबाब बढिरहँदा प्रक्रियामा गएर टुंगो लगाउने तयारी भएको हो । प्रमाणकै आधारमा कानुन बमोजिम आधिकारिकता दिने निर्णय हुने आयोग स्रोतले जनाएको छ । नेकपा विभाजनको अवस्थाको केन्द्रीय कमिटीमा दाहाल नेपाल बहुमतमा थिए । संसदीय दलमा पनि प्रचण्ड नेपाल बहुमतमा देखिन्छन् । कोसँग कति केन्द्रीय सदस्य र सांसद छन् भन्ने हस्ताक्षरसहित आयोगले प्रमाणित गर्ने भएको छ । त्यसैका आधारमा बहुमत पक्षधरलाई आधिकारिकता प्रदान गर्ने भएको हो । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि ५ पौषमा नेकपा विभाजित भएको थियो । तर, वैधानिक रुपमा दुवै नेकपा एक छन् । दुवै समूहले आधिकारिकताको दाबी गर्दै आएका छन् । नेकपाको वैधानिकताको निर्णय दिन निर्वाचन आयोगले तयारी गरिरहँदा ऋषि कट्टेलले दायर गरेको नेकपा दर्ताविरुद्धको मुद्दा २० फागुनमा फैसला आउने क्रममा छ । तर, निर्वाचन आयोगले त्यसपछिको मितिमा मात्र निर्णय दिने तयारी गरेको छ ।