Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपाले बोलायो स्थायी र केन्द्रीय कमिटी बैठक

काठमाडौँ । फूटको औपचारिक घोषणा हुन बाँकी रहेको अवस्थामा नेकपाको प्रचण्ड–नेपाल समूहले तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सिंहदरवारमा सोमबार बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । साथै, बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिताबारे पेस गरिएको दावीमा छिटोभन्दा छितो निर्णय गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको विषयमा समेत बैठकमा छलफल भएको भन्दै प्रवक्ता श्रेष्ठले त्यसको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।