Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । हवाई उडानको क्षेत्रमा नियमक र निर्माणको कामलाई एउटै डालोमा राखेर कमाई गर्ने माफीयाहरुलाई नागरिक उड्यान प्राधिकरण गतिलो अस्त्र बनेको छ । प्राधिकरणका महानिर्देशक राजन पोख्रेल दुर्घटनामा परेर कहिले हात कहिले खुट्टाको पिडा भोग्दै आएका छन् । उनले आफूलाई निश्पक्ष बनाउन नसक्दा संस्था भित्र काँग्रेस र कम्युनिष्टको ट्याग लागेका कर्मचारीहरुमा पनि लडाँइ छ । सेटिङ्गमा प्राधिकरण भित्र त्यति खेर रु ६ अर्बको ठेक्का लगाइदै छ । त्यो ठेक्काको नायक बनेका छन् प्रदिप अधिकारी । उनी स्वार्थका निम्ति रातारात राजनिति रंग फेर्न सक्छन् । पूरानो घर लम्जुङ भए पनि पिताजीले चितवन बसाइ सरेपछि प्रदिप चितवन बासी भए । अधिकारीको नाताले स्वर्गीय रविन्द्र अधिकारी मन्त्री हुदा उनैसँग दाजूको नाता लगाएर प्राधिकरण अन्र्तगतका परियोजनाहरुको प्रमुख बनेका प्रदिपले कर्मचारी सरुवा र बढुवामा पनि राम्रै आम्दानी गर्दै आएका छन् ।
काग्रेसी कार्यकर्ता राजन पोख्रललाई महानिर्देशक बनाउदा बरिष्ठताका आधारमा योग्य र सक्षमहरुलाई खेदिएकै हो । अहिले त्यही प्राधिकरणले क्षेत्रिय बिमान स्थल पोखराको निर्माण कार्यमा सहभागी चाइनीज ठेकेदार कम्पनिलाई बिराटनगर र नेपालगन्जको टर्मिनल भवन र अन्य भवनहरु निर्माण निम्ति ठेक्का दिलाउन चाइनिज कम्पनिका नेपाली एजेन्ट नरेन्द्र उलाकलाई साथ लिदै यीनै प्रदिप सिहंदरबार धाइरहेका छन् । ६ अर्बको ठेक्कामा नेपाली प्रतिष्पर्धीहरुलाई प्रवेश गर्न नदिइ चाइनिज कम्पनिलाई अगाडि सर्दा इस्पेसिफीकेसन समेत परिर्वतन गर्दैछ ।

महा निर्देशक पोख्रेल प्रदिपको डिजाइनमा चल्ने भएपछि विराटनगर र नेपालगन्जको निर्माण कार्यबाट प्राप्त हुने कमिशनमा बालुवाटार सहभागी नहुने कुरै भएन । किनकी त्यही बालुवाटारको दबाबमा त्रिभूवन अन्र्तराष्ट्रिय विमान स्थलको अधिनमा रहेको जमिन शसस्त्र प्रहरीबाट खोसेर यति समूहलाई दिने निर्णय त्यसै भएको हैन । विभागीयमन्त्री र सचिवले सो जग्गा बारे होइन भने पनि बालुवाटारको नजर एयरपोर्टको प्रतेक निर्माण कार्यमा पर्ने गरेको छ । बर्तमान सरकारका पर्यटन मन्त्री भानूभक्त ढकाल प्रधानमन्त्री केपि ओलीका विश्वास पात्र भएका कारण ओलीकै निर्देशनमा हुने कामलाई उनीबाट असहमती हुदैन ।
त्यसमा पनि ओली सरकारका भ्रष्ट मन्त्रीका रुपमा परिचित पार्टी एकताका विरोधी इश्वर पोख्रेल लागेपछि प्रदिप अधिकारीका योजना र यति होल्डिङ्गका आम्दानीका स्रोतहरु नबड्लान भन्न सकिदैन । किनकी एयरपोर्टको सो जग्गाका बारेमा कृपाशूर शेर्पाले प्रम ओलीको अघिल्लो कार्यकालमा चासो देखाएका थिए । शेर्पा यति समूहका लगानी कर्ता हुन् । अर्थ मन्त्रालयको राजस्व समूहमा जागिरे छदा उनको कार्यक्षेत्र त्रिविवि भन्सार नै थियो । बामदेव गौतम खुम बहादुर खड्काहरुको गृहमन्त्री कार्यकालमा सुन तस्करहरु दिपक मलहोत्रा छवि भुसालसँग सहकार्य गरेर सुन भित्राउने र राजस्व छल्ने कुरामा शेर्पाको योगदान अवस्मरणीय भएकाले तत्कालीन नेकपा एमालेले उनलाई सांसद समेत बनायो । पर्यटन मन्त्रीको जिम्मेवारी दिएर हवाइ उडानको क्षेत्रमा यति समूहलाई चम्काउने बायूसेवा निगमलाई डुुवाउने कार्यको थालनी भएकोले पनि अहिले नागरिक उड्यान प्राधिकरण र त्यसको कार्य क्षेत्रमा माफीया र विचौलियाहरुको सिन्डीकेट चम्किएको हो ।
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल