Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरी स्कटिङमा काठमाडौँ छिर्दैछन् विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौँमा आयोजना हुने कार्यक्रमका लागि सहभागी हुन नवलपरासीबाट काठमाडौं प्रस्थान गरेका छन् । उनलाई प्रहरीको सुरक्षासहित काठमाडौँ ल्याइँदैछ । सरकार र पार्टीबीच भएको ३ बुँदे सहमतिपछि विप्लव दुई वर्षपछि आज सार्वजनिक भएका हुन् । महासचिव विप्लवले नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरेको तस्विर सार्वजनिक गरेका छन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि त्यसलाई अस्वीकार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन् । बिहीबार राति नै देवचुली पुगेका उनलाई शहीद परिवारले टिका लगाएर बिदा गरेका थिए । त्यसअघि उनले पार्टीका कार्यकर्तासँग भेटघाट गरेका थिए । आज नै महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।