Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तिकडम सकिँदै गर्दा ओलीले किन भेटे बामदेव ?

काठमाडौं । सत्ता टिकाउने तिकडम सकिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता बढ्न थालेको छ । काँग्रेसले पनि साथ नदिने संकेत पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भैंसेपाटीस्थित निवास पुगेर भेटेका छन् । घरमा लडेर घाइते भएका गौतमको स्वास्थ्य अवस्था बुझ्न भनी ओली भैंसेपाटी पुगेका हुन् । गौतम निकटस्थका अनुसार दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर कुराकानी भएको छ । गौतमले ओलीलाई पार्टी एकताका लागि लचिलो हुन आग्रह गरेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार गौतमले ओलीलाई राजीनामा दिएर पार्टी एकताको पक्षमा त्याग गर्न आग्रह गरेका छन् । पार्टी विभाजनको कारक नबन्न गौतमले आग्रह गरेको बुझिएको छ । यसअघि गौतमले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर राजीनामा दिन आग्रह गरेका थिए । तर, ओलीले अस्वीकार गरेका थिए । गौतमले ओलीलाई केही महिना सरकारमा रहन दिएर पार्टी एकता जोगाउनेबारे समेत प्रचण्ड र माधव नेपालसँग छलफल गरेका थिए । तर, त्यसमा प्रचण्ड र नेपाल दुवै असहमत भएका छन् । २३ फागुनमा प्रतिनिधि सभा बैठक बस्न लागेको र देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्ड र नेपाल लागेको अवस्थामा ओली र गौतमबीच महत्वपूर्ण भेटवार्ता भएको छ ।