Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदेश सरकारको पैसामा डिप बोरिङ्ग गरिदै

काठमाण्डौ । स्थानीय तहको पहल, बागमति प्रदेश सरकार खानेपानी मन्त्रालयको बजेट,काठमाण्डौ उपत्याका खानेपानी व्यवस्थापन बोर्डको प्राविधिक सहयोग, टोखा नपा वडा ५ को अनुगमनमा झण्डै एक करोड २० लाख खर्चमा खानेपानी समस्या समाधान गर्न डिप बोरिङ्ग प्लान्ट निर्माण भइरहेको छ । जनताको सरोकारसँग विकासका कार्यहरु जोडिने हुनाले सडक निर्माण, ढल निर्माण, खानेपानी पाइप विस्तार, कल्की मन्दिर पार्क निर्माण जस्ता कामले वडा नं ५ लाई गति दिएको छ । भौगोलिक बनावट अनुसार सडक सुधारका कार्यक्रमहरुमा ढलानलाई जोड दिएको टोखा ५ ले निर्माणधिन अवस्थामा रहेको श्री टोल राम मन्दिरबाट सुरु भएको सडक ढलान खर्च, ठेकेदार, प्राविधिक, निर्माण अवधि खुलाएर फ्यास बोर्ड नराख्दा लगानी कस्को को ठेकेदार कहिले सम्म काम सक्ने भन्ने कुरा स्थानीय जनतामा अन्योल छ । यस्तै अन्योल डिप बोरिङ्ग निर्माणमा पनि रहेको छ । त्यहाँ उपभोक्ताको तर्फबाट शेखर श्रेष्ठ लगायतको सक्रियता देखिन्छ ।

सो कार्यक्रम सुरु अगावै स्थानीयहरुको भेला गरि कार्यक्रमको जानकारी दिइए पनि बोरिङ्ग निर्माण स्थल नजिकैका स्थानीयहरुलाई थाहा नदिइको श्री समाजका अध्यक्ष सुदेव जगं पण्डित बताउछन् । उनी भन्छन् म विकास विरोधी होइन तर डिप बोरिङ्ग निर्माण गर्न मिल्ने सार्वजनिक जग्गा अरु ठाँउमा पनि थिए । तर यहाँ वरपरका टोलबासीलाई जानकारी दिइएन । उनको त्यो कुरा उपभोक्ता समितिका शेखर श्रेष्ठ मान्दैनन् । उनी भन्छन् हामीले धापासी मन्दिर परिसरमा स्थानीयको भेला राख्यौ प्राविधिकहरुसँग छलफल गरी खानेपानीको समस्या समाधानका निम्ति प्राप्त भएको योजनालाई यही स्थानमा संचालन गर्न सहमति दिएका हौ । उनले सो भेलामा सुदेव जंगलाई पनि बोलाएको तर उनी नआएको बताए । पण्डितको भनाइमा जहाँ कार्यक्रमहरु सुरु हुन्छन् त्यहाँका जनतालाई वडा कार्यलयले जानकारी गराउनु पर्छ भन्ने हो । सो स्थानमा खानेपानीको डिप बोरिङ्ग गर्दा घर भत्कने सडक विस्तारलाई असहज हुने परिस्थति नआउने प्राविधिक सल्लाह अनुसार काम भएको श्रेष्ठ बताउछन् । काम गर्नेहरूलाइ धम्क्याउने र आतंकित बनाउने अवस्था पनि साे स्थानमा आएकाे बताइएकाे छ ।

यही विषयलाई लिएर स्थानीयहरुको अर्काे टोली काम रोकाउन वडालाई विपक्षी बनाएर अदालत पुगेको छ । अदालत जानु जनताको अधिकार हो । तर विकासको काममा अदालत बाधक हुन सक्दैन । किनकी जनताको आवश्यकतालाई अदालतले केही दिन रोके पनि त्यो काम ठप्प पार्ने अवस्था हुदैँन । स्वार्थ जनाउनेहरुले अख्तियारमा उजुरी दिएर हैरान बनाएको वडा अध्यक्ष जगननाथ ढकाल बताउछन् । तर उनी भुक्नेले भुक्दै गर्छन् आफू लम्किन छोड्दैनन् । उनलाई विपक्षीको मन जित्न नसकेको अरोप लागीरहन्छ । खानेपानी समस्या समाधान गर्न वसुन्धरा मन्दिर नजिकै बनेको डिप बोरिङ्ग निर्माणमा भ्रष्टचार भयो भनि अख्तियारमा उजुरी पर्याे । सो उजुरी अनुसार अख्तीयार केयुकेएल र नेपाल प्रहरीको टोलीले पाइप उतार्याे ।

अहिलेसम्म त्यो पाइप अलपत्र छ जनतालाई पानीको हाहाकार छ । उजुरी दिने कन्सुत्लेहरुलाई रमाइलो लागेपनि खानेपानीको समस्या भोगेका श्री टोल बासीले प्रदेश सरकारको लगानीको परियोजना माथि यस्तै कन्सुत्लेहरुबाट जोगिन जरुरी छ भन्न थालेका छन् । सबै ठाँउमा सबैको चित्त बुझदैन । तर विकासको निम्ति आएको रकमको मौकामा सदुपयोग गर्न सकिएन भने पछुताउने बाहेक अर्काे उपाय छैन । त्यही कारण वडा कार्यलयले यस्ता कार्यक्रमहरु सुरु गर्दा नागरिक बडा पत्रलाई ध्यान दिनु पर्दछ । त्यो काम ठेकेदारको हो भनेर जन प्रतिनिधि उम्किन सक्दैनन् । सुदेव जंगहरुले प्रश्न उठाउने ठाँउ दिनु हुदैन । उनी पनि त्यही टोलको भएकोले त्यही ठाँउमा राजनिति गर्दा पूर्वाग्रही बन्नु हुदैन । कलंकी मन्दिर परिषरको निर्माण कार्य र सो क्षेत्रको सडक विस्तारले टोल बासीलाई ठूलो सहयोग भएको छ । लामो समयदेखि कृया पुत्री घर सँगै जोडिएको भवन र सटर अहिले मनमोहक बन्दै छ । त्यहाँ टोखा नपाले अस्पताल संचालन गर्ने भनेको छ । सार्वजनिक जमिनको खोजी र नियन्त्रण नगरपालीकाको जिम्मेवारीमा आएको अवस्थामा टोखा ५ का जनप्रतिनिधीहरुले समेत जनताको पक्षमा सार्वजानिक जग्गा मिचेर महल ठड्याउनेहरु प्रति नजर लगाउनु पर्ने दायित्व पनि उत्तिकै छ । जनप्रतिनिधिहरु जनताका सेवक भएकाले पनि उनीहरुसँग अपेक्षा राखिनु स्वभाविक हो ।

टोलमा खानेपानीको समस्या छ प्रदेश सरकारले पैसा दिएको छ । प्राविधिक रेखदेख उपत्याका खानेपानी व्यवस्थापन बोर्डले गरेको छ, वडाकार्यलयका वडा सदस्य चिरन्जीवी केसी पार्टीका सहयोगी लेख बहादुर दियालीलाई लिएर बारम्बार बोरिङ्ग निर्माण स्थल पुगेका छन् । टोलबासीहरुले प्राविधिकहरुलाई आवश्यक सहयोग पुर्याइरहेका छन् । तर त्यही अर्काे पक्षले असन्तोष प्रकट गरेको छ । यसको कारण वडा कार्यलयबाट अवश्यक समन्वय नभएको त होइन ? प्रश्न यहाँ उठिरहेको छ । सो वडामा नमुना मार्ग, सिद्देश्वर मार्ग, शिव शंकर मार्ग, (ब्लक) श्री टोल हाइट, (ब्लक) प्रगति टोल र राम मन्दिर देखि श्री टोल क्षेत्रको सडक ढलान भएको छ हुदै पनि छ । यो अवस्थामा भोलि विद्युत तार भुमिगत गर्दा समस्या त पर्छ तर खर्च राज्यको हुन्छ । नेपालमा निर्माण प्रकियालाई वैज्ञानिक ढंगले अगाडि बढाउने प्रवृति नहुदा राज्यको स्रोत बारम्बार खर्च हुने अवस्था छ । यो अवस्था टोखा नपा वडा नं ५ को विधुतीय तार भूमिगत गर्ने समयमा पनि दोहोरीने छ । राज्य द्वारा नै एकिकृत विकास अवधारण संचालन नहुदा यस्ता समस्याहरु ठाँउठाँउमा आइ लागेका छन् ।