Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री संविधानको कुन धाराको रहे : गगन

काठमाडौं । सर्वोच्चले ऋषि कट्टेलको नेकपालाई आधिकारीकता दिँदै तत्कालिन एमाले र माओवादी केन्द्रको एकतालाई समेत ध्वस्त बनाइदिएकोमा नेपाली काँग्रेसका सांसद गगन थापाले नेकपाबारे सर्वोच्च अदालतले गरेको फैसलाले मुलुकमा जटिलता बढाएको बताएका छन् ।​ पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सर्वोच्चको फैसलाले हेर्दा सजिलो बनाए झैं देखिए पनि यसले निकै जटिल अवस्थामा पुर्‍याएको बताए । सर्वोच्चको फैसलाले झट्ट हेर्दा सजिलो बनाए झैं देखिन्छ तर यसले निकै जटिल अवस्थामा पुर्‍याएको छ’, थापाले भने, संसद भनिसकेपछि राष्ट्रियसभा पनि हो । उपनिर्वाचन भएर धेरै राष्ट्रियसभाका सांसद निर्वाचित हुनुभएको छ । उहाँहरु कुन पार्टीको हो ? कहाँ लगेर फर्काउने ? कुन विन्दुमा लगेर फर्काउने ? अदालतको फैसला मान्नुपर्ने अवस्था भए पनि माग नगरिएको विषयमा अदालतले बोल्दा समस्या खडा भएको थापाको भनाइ छ ।

अदालतको निर्णयपछि प्रधानमन्त्रीले विश्वासको मत लिनु परिहाल्यो नि ? प्रधानमन्त्रीले विश्वासको मत लिनुभयो, नेकपा एमाले भयो, नेकपा माओवादी भयो भनेर बाहिर बुझिए जसरी टुङ्गिँदैन । कि सम्मानित अदालतले भनि दिनुपर्यो सभामुखलाई के गर्ने ? सभामुख एउटा पार्टीको भए उपसभामुख अर्को पार्टीको हुनुपर्छ । हामीले कुन पार्टीको मान्ने ? सभामुखलाई गाई कि त्रिशूल गर्ने कि ? कतापट्टि लाने ? एक दुई जना सांसद निर्वाचित भएर आउनुभएको छ । कुन पार्टीको मान्ने ? उनको प्रश्न छ ।
यो गाँठो नेकपाले नै पारेकाले नेकपाले नै फुकाउनुपर्ने थापाले बताए । उनले भने, यो हामीले पारेको गाठो पनि होइन । हामीले फुकाउने पनि होइन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आएपछि अब प्रधानमन्त्री संविधानको कुन धाराको रहे भन्ने उनको प्रश्न छ । हामीले हेर्ने भनेको अदालतले निर्णय गरिसकेपछि यहाँ संसदभित्र दुई दलको अस्तित्व भयो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र रह्यो । अब प्रधानमन्त्री संविधानको कुन धाराको रहनुभयो ? थापाको प्रश्न छ, सभामुख कुन दलको यही सबै कुराहरु उहाँहरुले प्रस्ट बनाउने कुरा भयो । यसबारे काँग्रेसले धारणा बनाउन अबिलम्ब पार्टी र संसदीय दलको बैठक बस्ने उनले बताए ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नभए बुधबारको बैठक पनि चल्न नदिने थापाले बताए । उनले भने, अहिले हाम्रो एजेण्डा भनेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बुधबारको बैठकमा पनि ल्याउनुभयो भने बुधबारको बैठकको हालत पनि त्यसतै हुन्छ ।