Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले एमाले केन्द्रीय कमिटी बैठक बोलाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले अदालतको फैसलाको स्वागत गर्दै अब नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बोलाउने जानकारी गराएका हुन् । फरक प्रसँगमा उनले नेकपा माओवादी (केन्द्र) ले समर्थन फिर्ता लिएमात्रै आफूले विश्वासको मत लिने जनाए । आजमात्रै सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपाको पक्षमा फैसला गरेको थियो । अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववतः रुपमा ब्युँताईदिएको छ ।