Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । यसैबिच नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग सरकार, संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकार, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे विपक्षमा भएका दुबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।राष्ट्र र जनताको सेवा गर्ने कम्युनिष्ट पार्टीका नेताहरु आलू कुहिएझै सडेपछि के हुन्छ त्यसको नमुना यति बेला नेकपाको बहुमत प्राप्त सरकारको हालत र पार्टीको हैसियतबाट छर्लङ्ग हुन्छ । जनताले नेकपालाई मत दिएको आफ्नो तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्या समाधानका निम्ति नेतृत्व र सरकारले ध्यान दिन्छ भन्ने अपेक्षा राखेर बहुमत दिलाएको कुरालाई सत्तामा पुगेपछि प्रधानमन्त्री र उनको नेतृत्वले देखाएको चरित्र नै काफी भयो । अब नेपालमा कम्युनिष्टहरु सत्तामा आउछन् । यीनले सुकुम्बासी, घरबार विहीन, किसान, मजदुरको हितमा नितिगत कार्यक्रम र योजना ल्याउछन् भन्ने कुरा पत्याउन सकिदैन । किनकी नेकपाको नाँउमा दुई तिहाईको हैसियतका प्रधानमन्त्रीले तीन वर्षे शासनकालमा जनताको भन्दा गुटको सेवा गरेको कारण पार्टी समेत विभाजित अवस्थामा पुग्यो । त्यो बेला पार्टी भन्दा गुटको महत्व दिएपछि प्रदेश १ बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिममा मुख्यमन्त्री भागबन्डा लगाइयो ।

पार्टी एकता नहुदै निर्वाचनको समयमा ६० र ४० को भाग लागाएपछि पाउने हैसियत त्यही थियो । तर अहिले सम्मानीत सर्वाेच्च अदालतले कासी जाने कुत्तीको बाटो रोजेपछि नेकपाको पूर्वतत संरचना भत्कीयो । यसको फाइदा लिदै नेकपालाई एक्लै बनाउन बाम प्रगतिशील विरुद्ध शक्तिहरु लागिरहेका छन् । त्यही कारण प्रदेश १ मा प्रम ओलीका विश्वास पात्र शेरधन राईलाई जोगाएर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा भारतीय डीजाइनमा लागेको तत्वहरु सक्रिय छन् । यहि परिश्थीति बागमति प्रदेशमा छ । जहाँ पूर्व एमालेको बहुमत छ त्यहाँ माओवादी पक्षलाई ताछने, हेप्ने, खेद्ने अभियान चर्काइएको छ । यो अभियानका नायक पार्टी एकता हुदा महासचिव पद खोसिएका विना विभागीय उपप्रम इश्वर पोख्रेल हुन् । उनको यो डिजाइनलाई तत्कालीन उपमहा सचिव पदमा पराजित शंकर पोख्रेल अर्थात लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले रुचाएका छ्रैनन् । शंकर नेकपा एमालेको बहुदलीय जनबादको विष्लेषक हुन् । उनी एकता अभियानमा लागेका छन् ।
अब माओवादी युद्धलाई पतनोमुख बनाएका क्रान्तीकारीहरुको हैसियत र पदीय मर्यादाको विषय नेकपा एमालेको पार्टी पङ्तीमा छलफल हुदैछ । त्यहाँ लोप्रिएर सत्ता र कुर्सीलाई महत्व दिदा सिद्दान्त र विचार त्याग्ने नेताहरु धेरै छन् । त्यही कारण राम बहादुर थापा, लेखराज भट्ट, टोप बहादुर रायमाझी, मणी थापाहरुको राजनितिक हैसियत अब प्रधानमन्त्री केपी ओलीले दिनेछन् । किनकी तत्कालीन एमालेमा झलनाथ खनाल , माधव नेपालहरुलाई गल्लीको भुस्याहा ठान्ने ओली पथ र उनका अरिंगालहरुले दिएको सुझाव भन्दा दायावाया नगर्दा नेपाली जनताको अपेक्षा र भरोसा माथि प्रहार भएको देख्ने कसले ? तै पनि अब नेकपाका दुई ठुला शक्तिmहरुले आफ्ना कमजोरीलाई स्वीकार गर्दै चुनाव घोषणा पत्र र सरकारको निति तथा कार्यक्रमको सम्वन्य गरे भने आफ्ना विगतका कमजोरी सुधार्न सक्ने अवस्था छ । यति खेर सघिय सरकारको चरित्र र प्रदेश सरकारको अवस्था मिल्दो जुल्दो भएको कारण नेपाली जनमत बाम प्रगतिशील शक्तिबाट दिक्क हुनु पर्ने अवस्था सरकार र पार्टी नेतृत्वको चरित्रले देखाएको छ ।
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल