Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल रेडक्रस सोसाइटी : रुपान्तरणतर्फ

नेपाल सरकारको निर्णयबाट २०७७ साउन १२ गते गठन भएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय तदर्थ समितिले विधानमा संशोधन गरी संस्थालाई रुपान्तरणतर्पm अग्रसर गराएकोछ । मिति २०७७ पौष ९ गते बसेको केन्द्रीय तदर्थ समितिको १९४औं बैठकबाट नेपाल रेडक्रस सोसाइटीको विधान २०२० को अठारौं संशोधनका लागि मस्यौदा तयार गर्न तदर्थ समितिका सदस्य श्री अरुण खनालको संयोजकत्वमा मस्यौदा तयारी समिति गठन भएको थियो । सो समितिबाट तयार गरिएको विधानको प्रारम्भिक मस्यौंदा फागुन २३ गते तदर्थ समितिका अध्यक्ष डा.नेत्रप्रसाद तिम्सिना समक्ष संयोजक श्री अरुण खनालले पेश गर्नुभएको छ ।

केन्द्रीय तदर्थ समितिबाट स्वीकृत अवधारणा–पत्र, सात वटै प्रदेशहरूमा भएका सुझाव सङ्कलन कार्यशाला, केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरू तथा अन्य सरोकारवालाहरूबाट प्राप्त सुझावहरू एवं राष्ट्रिय परिवेश र अन्तर्राष्ट्रिय मापदण्डसमेतका आधारमा विधानको मस्यौदा तयार पारिएको जानकारी संयोजक अरुण खनालले गराउनु भएकोछ । विधान संशोधनको मस्यौदा तयार पार्दा नेपाल रेडक्रस सोसाइटीलाई सङ्घीय ढाँचासँग अनुकूलित गर्दै शासकीय स्वरूप, व्यवस्थापकीय स्वरूप र प्रशासकीय संरचनामा परिवर्तन गरी संस्थाको समग्र रूपान्तरण गर्नुपर्ने अवस्थालाई ध्यान दिइएको छ ।

सञ्चालन र व्यवस्थापनलाई छुट्याएर अधिकारको बाँडफाँट गर्दा सांगठनिक संरचनासँग मेल खाने गरी पदीय जिम्मेवारीमा हुने परिवर्तन, महाधिवेशनमा हुने प्रतिनिधित्व र सबै तहका समितिको प्रमुख पदमा रहने पदाधिकारीहरूको कार्यावधिको गणनालगायतका केही विषयहरूमा थप छलफल गर्नुपर्ने अवस्था देखिएकाले ती विषयहरूमा विकल्पसहित मस्यौदा पेश गर्नुपरेको वास्तकिता पनि संयोजक खनालले अवगत गराउनु भएको छ ।  नेपाल रेडक्रसको इतिहाँसमा विधान संशोधनको मस्यौदा तयार गर्नुभन्दा पहिले नै सबै सरोकारवालाहरूको व्यापक सहभागितामा सुझाव सङ्कलन गरिएको यो नै पहिलो उदाहरण थियो ।

विधान भनेको संस्था सञ्चालनका लागि तयार पारिएको कार्यविधि वा नियमावली पनि हो, जसले स्थापित विधि, पद्धति र प्रणालीअनुसार संस्थालाई अगाडि बढाउँदछ । रेडक्रस अभियानको सदस्यको हैसियतमा नेपाल रेडक्रस सोसाइटीले जेनेभा अभिसन्धिप्रतिको आस्था र सात आधारभूत सिद्धान्तहरूबाट निर्देशित भई अन्तर्राष्ट्रिय मूल्य, मान्यता, मर्म र भावनाअनुरूप राष्ट्रिय रूपमा कार्य गर्नुपर्ने वास्तविकतालाई आत्मसात् गरी संस्थाको सर्वोपरि हितलाई ध्यानमा राखी विधानमा संशोधन गर्ने ऐतिहासिक अवसर अहिले तदर्थ समितिलाई प्राप्त भएको छ । सोसाइटीकोे छविलाई सधैं जोगाइराख्न र संस्थालाई थप पारदर्शी, जवाफदेही र मितव्ययी बनाउन सकियोस् भन्नेतर्पm पनि विधान संशोधन गर्दा ध्यान दिइएकोछ । यसतर्पm सोसाइटीको केन्द्रीय तदर्थ समिति थप प्रयत्नशील रहनुपर्ने देखिन्छ ।

विधान संशोधनका लागि प्रस्तुत मस्यौदामा थप परिमार्जन गरी केन्द्रीय तदर्थ समितिबाट पारित गर्ने र महाधिवेशनबाट अनुमोदनपश्चात् सम्बन्धित निकायहरूबाट स्वीकृत हुनुपर्छ । त्यसपछि संशोधित विधान लागू हुनेछ । विधान संशोधनको मस्यौदा तयार गर्ने महत्वपूर्ण कार्यको जिम्मेवारी दिएकोमा विधान मस्यौदा तयारी समितिको तर्पmबाट संयोजक श्री अरुण खनालले केन्द्रीय तदर्थ समितिप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । विधान संशोधनको मस्यौदा तयार गर्नेकार्यमा सहयोग पु¥याउने केन्द्रीय तदर्थ समितिका सबै पदाधिकारी तथा सदस्यहरू, प्रदेश तथा जिल्ला समितिका प्रतिनिधिहरू, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी), रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी), सङ्क्रमणकालीन समिति, सबै कर्मचारी र सरोकारवालाहरूबाट प्राप्त सुझाव, सल्लाह र सहयोगका लागि सबैप्रति संयोजक अरुण खनालले हार्दिक आभार प्रकट गर्नुभएको छ र सबैलाई धन्यवाद पनि दिनु भएको छ ।

विधान संशोधनको मस्यौदा पेश गर्न फागुन २३ गते सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरू, रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रतिनिधि, विधान मस्यौदा तयारी समितिका सदस्यहरू र केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो । विधान संशोधनका लागि अरुण खनालको संयोजकत्वमा लोकराज ढकाल, लेखबहादुर हमाल, चन्द्रकला कार्की, नागेन्द्रप्रसाद चौधरी, खेमराज केसी, शम्भूप्रसाद पोखरेल, जीवन रानाथारु, विजय दाहाल र कृष्ण घिमिरे सहितको मस्यौदा तयारी समिति गठन भएको थियो ।