Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरी शुरु भो टाउको गन्ने काम

काठमाण्डौ । राजनीति बजारमा सिद्दान्त नीति खरानी बनाएर स्वार्थको खेल खेल्ने काम फरी भयो । अस्थिरताको विरुद्ध जनताले नेकपाको मोर्चालाई बहुमत दिए । तर त्यो बहुमत बचाउने ढंग नेतृत्वमा देखिएन । अहंकार र दम्बले प्रधानमन्त्री पार्टीको निर्देशन नमान्ने भए । सरकारको तहबाट भएका राजनीति नियुक्तिमा पार्टीको होइन गुटको परिचय जरुरी मानियो । संसदीय विकृत्तिले बदनाम राजनीतिलाई शुुद्दिकरण गर्ने मुलबाटो नै संसदमा नेकपाको १७५ सांसदको उपस्थिती थियो ।
तर प्रधानमन्त्रीबाट त्यो बहुमत बचाउने तर्फ ध्यान दिन जरुरी ठानिएन । एमाले भित्र ओली गुटको जगजगि भयो । त्यहाँ १५ वर्ष पार्टी हाँकेको माधव र झलनाथको हुर्मत लिने काम भयो । बामदेव गौतम जस्ता नेता दूई थरीको लडाँइमा आफ्नो स्वार्थ पूरा गर्नेमा रह्यो ।

पार्टी भन्दा व्यक्ति सर्वेसर्वा बनाईएको धेरै नमूना देखिए । संसदमा बहुमत जोगाउन नेकपाकै विभाजनले टाउको गन्न पर्ने अवस्था आयो । अबको विकल्प काग्रेस र एमाले गठबन्धन कि जसपा एमाले गठबन्धन वा एमाले माओवादीको अहिले कै रुप यथावत भन्ने चलखेल बढ्दैछ । विवाद जसपा र काँग्रेसमा ओलीका असंवैधानिक कदमको बारेमा हो । काँग्रेस जसपा पूस ५ को संसद भंग गर्ने प्रमको निर्णयको विपक्षी थिए । सर्वाेच्चले स्थापना गरेको त्यो संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने अवस्थासम्म आएपछि प्रमको हैसियतमा उपस्थित हुन राजनीतिक दृष्टिले उचित थिएन । तर उनी टाउको गन्ने अभियानमा छन् ।

नेकपा एमालेको सरकार अल्पमतमा परिसक्यो । वातावरण उसको पक्षमा छैन । तर प्रम ओली पद त्याग्न आलटाल गर्दैछन् । उनले र पुष्पकमल दहालले समयमा सोच्ने हो भने बामपन्थी मतदाताको हिजोको सहयोग भोलि पनि रहने छ । माओवादीको नेतृत्वले वुद्धि पुर्याउने हो भने वर्तमान सरकारप्रति आफ्नो दलगत प्रतिबद्धता यथावत राखेर पार्टीलाई जिल्ला तहमा कृयाशील गराउने हो भने राजनीतिक प्रतिष्ठा जोगिन सक्छ । तर उनले यो विषयलाई वास्ता गरेका छैनन् ।