Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली र नेपालबीच हुँदैछ घेटघाट

काठमाडौं । सर्वोच्चले एमाले ब्यूताइदिएपछि पार्टीको विवाद फुटको रेखा कोरिने अवस्थामा पुगेको बेला प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । ओली र नेपालबीच चार महिनापछि पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको हो । ओलीले नेपाललाई बालुवाटार नै भेटवार्ताका लागि बोलाएका थिए । नेपाल बालुवाटार जान नमानेपछि पार्टी कार्यालयमा ओली र नेपालबीच आज ११ बजे भेट हुन लागेको हो । नेकपा खारेजपछि यी दुईबीच भेटवार्ता हुन लागे पनि ‌ओली र नेपालको सम्बन्धमा चिसोपना छाएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजनपछि दुवैले एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै आएका थिए । सर्वोच्चले अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओली र नेपाल भेट गर्न लागेका हुन् ।