Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । मन मिलेपछि हुने सम्बन्धलाई कारबाहीको दायरामा ल्याउने तर जहाँ सेना प्रहरीको व्यारेक छन् त्यहाँ कान्छी राखेर सन्तान जन्माउने आफू सरुवा भएर गएपछि महिलालाई विचल्ली बनाउने धोकेबाजहरु सेना प्रहरीमा कति छन् यी दुवै निकायले खोज्दैनन् । त्यसैले सेना प्रहरी जस्ता संगठित फौजमा आचरण व्यवहार अनुशासन र कर्मका कुरा तालिम दिदैमा पाठ्यक्रम बन्नु पर्छ भन्ने मत ठुलो छ । फौजको कमाण्डारले तल्लो तहका जवानहरु माथी शोषण गर्छन् । तीनको शोषण लोकतन्त्रात्मक व्यवस्था स्थापना भए देखि कम हुन थालेको संकेत देखियो । तर कमाण्डरको आचरण भने उस्तै छ ।
सेनाको १८ नम्बर बाहिनीका प्रमुख पंकज कार्की महिला अधिकृतसँगको यौन सम्बन्धको भुमरीमा परेका छन् । जहाँ सरुवा भएर गयो त्यहाँ महिलासँग यौन सम्बन्ध जोड्न कार्की जस्ता सेनामा कति छन् ? कतिले व्यारेक तथा गणमा गएको बजेटमा मनपरि गरेका छन् । कार्कीसँग यौन सम्पर्कमा आएकी अधिकृत मात्र होइन अर्की महिला माथी पनि यौन शोषणको भण्डाफोर यौन पिडित महिलाले नगर्नुे भनेको दुवैको सहमतिमा उनीहरुले मस्ती गरे भन्ने हो । मस्ती सहमति मै भयो काण्ड खुल्यो सबैको जागीर गयो । त्यो राम्रै हो ।
गौरवको सेनामा नेपाली सेना भित्र भ्रष्टचार काण्डको छानबीन हुदैन । सेनाले देशको सर्वभौम अस्तित्वको रक्षा गर्छ भनियो । तर यो बेला सीमा सुरक्षामा शसस्त्र प्रहरी खेटेको छ । सेना व्यापार गर्छ सडक निर्माणमा ठेक्का लिन्छ, शिक्षा क्षेत्रको माफीया करणमा साथ दिन्छ । व्यारेक गण वरपर भएका गाँउ बस्तीमा आतंक मच्चाउछ । यो व्यवहारिक पक्ष सुधार्न कुनै सेनापतिले सकेका छैनन् । आफ्नै परमाधिपतिको रक्षा गर्न नसक्दा ओलीचीत नेपाली सेना जनयुद्धको नाममा व्यारेक बाहिर निस्कदा मच्चाएको पाप प्रतिष्ठा बल्ल उदाङ्ग हुदैछ ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल