Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री र सचिव बिच झगडा

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालयका सचिवलाई कारवाहीको माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका छन् । मन्त्री र सचिव मिलेनन् भने त्यस्तो मन्त्रालयका योजनाहरु सफल हुदैनन् । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारवाहीको माग गर्दै मन्त्री रावलले मुख्यमन्त्री शाहीलाई पत्र लेखेका छन् । मन्त्रालयका कुनै कामहरु नभएको भन्दै सामाजिक विकासमन्त्री रावलले सचिव पौड्याललाई कारवाहीको मागसहित फागुन २३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेको पाइएको छ ।

सचिव लोकनाथ पौड्यालले पदबहाली गरेको समयदेखि नै मन्त्रालयको कामकाजभन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको तथा पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएजस्तो गरी चालू आर्थिक वर्ष २०७७÷०७८ को अन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्ने सम्मको कार्य गरेनन् । मन्त्रीले लेखेको पत्रका भनिएको छ सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारवाही प्रक्रिया अघि बढाउन अनुरोध छ । सामाजिक विकासमन्त्री रावलको यही पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारवाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेर संघीय मामिलाले पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काज सरुवा गरेको छ । सचिव पौड्याल कर्णाली प्रदेशमा हुँदा सधै विवादित बन्ने गरेका थिए ।

बादी समुदायको आन्दोलन र प्रदेश सरकारले गरिरहेको पहलका विषयमा अनुगमनका लागि आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीमाथि पौड्यालले दुर्व्यवहार गरेको आरोप लागेको छ । पौड्यालले दुव्र्यवहार गरेपछि आयोगको टोलीले तिन दिने स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणका बिषयमा कुनै पनि जानकारी नआएको र थप स्पष्टीकरणका लागि आयोगले पत्र काट्ने तयारी गरेको आयोगले जनाएको छ । यता मन्त्रालयको अधिकांश बजेटहरु कार्यान्वयननै नभएको भन्दै कर्मचारीहरु नै असन्तुष्टि व्यक्त गर्दछन् ।