Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रमलाई पार्टी कार्यलय एलर्जी

काठमाण्डौ । पार्टी बैठक छलफल र बहस त्यहाँ हुन्छन् जहाँ पार्टी कार्यलय छन् । पार्टी कार्यलयमा पार्टीक गतिविधि हुन्छन् । जीवन्त पार्टीमा अन्ते संघर्ष हुन्छ । कृयाशील पार्टीमा विचारको लडाँइ हुन्छ । विचारले माझीएपछि मात्र सिद्दान्त र कार्यक्रम आउँछन् । विचारको द्वन्दले पार्टीलाई बलियो बनाउँछ । जसले विचारको ख्याल गर्दैन त्यसले नेतृत्व गरेको पार्टी भद्रगोल हुन्छ । नेकपा एमालेमा विचारको बहस सहज छैन । त्यसै कारण अहिले प्रधानमन्त्री केपि ओलीलाई समग्र पार्टी होइन गुटको स्टालीन बनाईएको छ ।

एमालेको पार्टी कार्यलय थुम्बराहीमा छ । त्यो कार्यलय विवाद स्पद व्यापारी धरना थाम सेर्कुले पवर्ता रोहण तालिम दिलाउने प्रतिष्ठान थियो । एमालेको आडमा व्यापार बढाएको थाम सर्कु समूहले सार्वजानिक सरोकारको निकुन्ज जमिन कौडीको मूल्यमा लिएर होटल चलाएको छ । देशको सम्पत्ति व्यापारीलाई सुम्पेर आँफू नाजायज फाईदा लिने पौरखीहरु त्यहाँ धेरै छन् । त्यही कारण पार्टी कार्यलयमा पार्टीका भन्दा माफीयालाई सघाउने खालका गतिविधि गरिन्छ । प्रधानमन्त्री केपि ओलीलाई धुम्बराही पार्टी कार्यलय नपच्नुको कारण के होला ?

सरकारी निवास बालुवाटारमा गुटको बैठक बस्छ । अनेक प्रकारका जाली काम हुन्छन् । व्यापारीहरुलाई जालझेल गर्ने पर्ने बेला प्रधानमन्त्री निवास प्रयोग हुनु स्वभाविक हुन सक्छ । तर पार्टीका बैठक पार्टी कार्यलयमा संसदीय दलको बैठक सिहंदरबार संसदीय दलको कार्यलयमा बस्न किन नहुने ? प्रमओलीले सेना प्रहरी शसस्त्र प्रहरीको धज्जी उडाएर आँफू असुरक्षित भएको बखान पनि गरेकै हुन् । उनको सुरक्षामा सेनाको जमात ठूलै थियो । पार्टीको सरकार पार्टीका नेताहरुले पार्टीकै निर्देशन र पार्टीका इज्जत बचाउने हो । जनता सर्वाेपरी हुन्छ । जनताको अपेक्षा भन्दा टाढा जान सरकारले सक्दैन । प्रधानमन्त्री त नीतिनियम र विधि विधान अनुसार चल्नु पर्ने द्राईभर हुन् ।