Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा ( माओवादी केन्द्र ) आफ्नो पार्टी भनेर म गौरव गर्छु । तर यो पार्टी कता जान लागेको हो रु भन्ने कुरा म आफै थाहापाउन छाडेको छु । माक्र्सवाद, लेनिनवाद र माओवाद मान्ने कुनै बेलाको क्रान्तिकारी पार्टीलाई साथीहरुले एमालेमा लगेर मिसाउनु भएको थियो । त्यतिबेला पनि यसलाई कुनै छलफलको बिषय बनाइएन । एमालेसँग मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कसरी शक्तिशाली बनाउने र स्थायित्व दिनेभन्ने कुनै प्रयासहरु पनि भएनन् । पार्टी एकता भएको अढाइ बर्षमासमेत पार्टी एकताले पूर्णता पाउँदैनभने त्यो पार्टी अगाडि नबढ्ने निश्चितनै थियो । त्यस्तै अवस्थामा अदालतको एक निर्णयबाट एमाले र माओवादी केन्द्र अलग भए । त्यतिबेला मलाई कोशीको भासमा फसेको अवस्थामा कसैले टिपेर डिलमा राखिदिएकोजस्तो अनुभव भएको थियो । त्यसपछि माओवादी केन्द्र सबै किसिमका अनुभवहरुको संश्लेषणगर्दै नयाँ ढंगले अगाडि बढ्ला र देशकै एउटा गौरवशाली पार्टी बन्ला भन्ने मेरो ठम्याई थियो । एमालेसँग अलग भएपछि बैठकहरु पनि बसे ।
पार्टीलाई कसरी नयाँ ढंगले संगठितगर्न सकिन्छ भन्नेबारेमा समिति बनेको समाचार पनि आयो । तर त्यो नयाँ ढंगको खाकाकाबारेमा पार्टी पंक्तिमा कुनै छलफल र चर्चा परिचर्चा नथालिंदै फेरी एमालेका केही नेताहरु फुटेर आएपछिमात्र पार्टी संगठनको प्रारुप तयारगर्ने भन्ने कुराले बजार पायो । आखिर यो माओवादी केन्द्र कता जान लागेको हो रु बुझ्न नसकिने बिषय बनेको छ । एकाद सत्ता र शक्तिमा पुगेका नेताहरुलाई सम्पर्कगर्दा उहाँहरु पनि निरुत्तरनै देखिनु भयो । माओवादी केन्द्र अब क्रान्तिकारी पार्टी रहेन भन्ने कुरामा दुईमत छैन । किनकी उसले नेपाली कांग्रेस जस्तो बर्गदुश्मन पार्टीसँग कार्यगत एकता गरिसक्यो । एमालेजस्तो नाममात्रको कम्युनिष्ट पार्टीसँग पार्टी एकता गरेर बिटुलिइ सक्यो । अझै उसको प्रयास एमालेबाट फुटेर आउनेहरुसँग एकता गरेर जाने मै केन्द्रित छ । त्यसो होभने सिंगै एमालेसँग मिलेर अगाडि बढ्दा के फरकपर्ने थियो त रु अदालतले एमाले र माओवादी केन्द्रलाई अनिवार्य रुपमा अलग्गै बस्नु भनेकै थिएन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई प्रतिबन्द पनि लगाएको थिएन । प्रक्रियाअनुसार नयाँ नामसहित ६० दिनभित्र आउनुमात्र भनेको थियो । त्यस्तो अवस्थामा रातारात नेकपाको साइनबोर्ड हटाएर एमाले र माओवादी केन्द्रका बोर्ड लगाउनुको कुनै अर्थ थिएन ।
हामी नेकपानै छौं भनेर बस्ने त कोही पनि देखिएन । आज देशभर कहींपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कुनै कार्यालय बाँकी रहेन । सो घटनाले दुई पार्टीबीचको अनिच्छित पार्टी एकतालाई उजागर गरेको थियो । केही नेताहरुले पछिल्ला दिनमा अदालतको निर्णयका बिरुद्ध पुनराबलोकनमा जाने बताउनु भएको छ । जब एमाले र माओवादी केन्द्र रातारात अलग भएर आआफ्नो कार्यालय सञ्चालनमा लागिसकेका छन्भने अब पुनराबलोकनको के अर्थ र औचित्य रहन्छ रु जुन कुरा मरिसकेका बाबुलाई केरा खुवाउने उखानजस्तो मात्र हुन्छ । यो यथार्थ होभने अब आआफ्नो ढंगले पार्टी संगठन गरेर अगाडि बढ्दा के फरक पर्छ रु को, को, कुन, कुन पार्टीमा कारवाहीमा पर्छन् र कस्ले कुन पार्टी फुटाएर आउँछ र उसलाई लिएर नयाँ पार्टी बनाउँलाभन्ने अवस्थामा त माओवादी केन्द्र थिएन र छैन पनि । एमालेसँगको पार्टी एकताबाट फर्केर आउँदा पनि त्यसअघिको माओवादी केन्द्रको अवस्था एक ढिक्का भएर रहेकै छ । केपी ओली सरकारमा रहेका केही नेताहरु बाहेक अरु कसैले पनि आफूलाई माओवादी केन्द्रबाट अलग गरेको बक्तब्य दिएका छैनन् । अहिले पनि माओवादी केन्द्रका जे जति सांसदहरु हुनुहुन्छ,उहाँहरु सबैले आआफ्नो पदबाट राजीनामा गरेर सर्बदलीय र सर्बपक्षीय सरकार गठन गरेर निर्वाचनमा जाने तयारीगर्ने होभने पूर्ब माओवादी समूहहरुकैबीचमा फेरी नयाँ शिराबाट एकताभई बृहत पार्टी बन्ने अवस्था पनि बिद्यमान छ । नेत्रबिक्रम चन्द शान्तिपूर्ण राजनीतिमा आएपछि र उहाँहरुले चार दलीय संयुक्त रणनीतिक मोर्चा बनाएपछि माओवाद वा माओ बिचारधारा मान्नेहरुका बीचमा पार्टी एकतागर्ने नयाँ संभावना पनि देखापरेको छ ।
माओवादी केन्द्रले नयाँ ढंगले पहल थाल्ने होभने चन्द सहितको चार पार्टीमात्र नभएर अन्य बाम पार्टी र समूहहरुलाई समेत समेट्नसक्ने अवस्था छ । माओवादी केन्द्रका कतिपय नेताहरु एमालेका केही नेताहरुको मायाजालमै पर्नुभएको भए उहाँहरुका लागि पनि बाटो खुल्ला छ । तर पार्टीमा निरन्तर अन्योल, अनिश्चितता र पार्टीका नेता तथा कार्यकर्ताहरुमा निराशाको अवस्था बढाउनु कुनै अर्थमा पनि राम्रो मान्न सकिंदैन । झण्डै तीनबर्षदेखि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले सदस्यता पाउन सकिरहेका छैनन् । त्यतिबेला सदस्यता भएकाहरुको पनि नबिकरण हनसकिरहेको छैन । माओवादी केन्द्र औपचारिक सदस्यता बिनाको पार्टी भएको छ । कतिपय जिल्लाहरुमा जिल्ला पदाधिकारीहरु कै खाँचो छ । सिद्धान्त के हो कुनै ठेगान भैरहेको छैन । अनुशासन र आचरणका कुरा त टाडाकै बिषय बनेका छन् । त्यसैले मलाई के लाग्छभने अबको अवस्थामा माओवादी केन्द्रका नेताहरुले एमालेका नेता तथा कार्यकर्ताहरुप्रति मोह राखेर पार्टी संगठनगर्न ढिलाईनै गर्नुपर्ने कुनै कारण छैन । तत्कालै आफ्नो पुरानो संरचना ब्युँताएर त्यसैलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने प्रयास थालिहाल्नु पर्दछ । पछिल्लो समयमा पार्टीमा आयाराम गयारामको अवस्था सिर्जना भएकाले जो आए पनि स्वागत गरौंला, जो गए पनि बिदाई गरौंला । अब त माओवादी केन्द्रको पनि महाधिवेशनगर्ने बेला भएको छ ।
त्यसको तयारीका लागि पनि लागिहाल्नुपर्ने अवस्था छ । एमालेहरुले माओवादी केन्द्रसँग अलग हुनासाथ आफ्नो पार्टीको महाधिवेशनको मिति तोकेर त्यसअनुसार अगाडि बढेका छन् । उनीहरुका बीचको अन्तरबिरोध जे जसरी अगाडि बढ्ला त्यो उनीहरुको कुरा हो । अर्काको पार्टीमा खेलेर आफ्नो पार्टी बन्दैन । आफ्नो पार्टी राम्रो बनाउनका लागि आफ्नै पार्टीभित्र खेल्ने र परिश्रम गर्ने कुरा हुन्छ । माओवादी केन्द्रका मुख्य नेताहरुले एमालेसँग पार्टी एकता गरेर आफ्नो पार्टीको राजनीतिलाई जोखिममा पुर्याएकोमा कम्तिमा आत्मालोचना गर्नु राम्रो हुन्छ । सक्दा त नैतिकताका आधारमा पद त्यागगर्दा झन् राम्रो । नभए पनि माओवादी केन्द्रको हालको अवस्था जे जस्तो छ, त्यसैलाई संगठित गराएर अगाडि बढाउन सक्रियता देखाउनु पर्दछ । भोली पार्टी कस्तो होला रु कहाँ पुग्ला रु त्यो भबिश्यले देखाउने कुरा हो । मानिसले कोही कसैलाई केही समय पर्खिन पनि सक्ला । तर समय गतिशील छ, उसले कोही कसैलाई पनि पर्खिदैन । यो सबैले समयमानै बुझ्नु पर्ने कुरा हो ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल