Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाँकेको नरैनापुरमा भीषण आगलागी ११५ घर जले, ३ जना घाइते

नेपालगन्ज । गर्मी सिजन लागेपछि आगलागीका घटना बड्न थालेको छन् । बाँकेको नरैनापुर गाउँपालिका–४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभरि फैलिएको हो । आगलागी नियन्त्रणका लागि नरैनापुर र नेपालगन्जका गरी दुईवटा दमकल प्रयोग गरिएको थियो । केटाकेटीहरू गोठमा खेलिरहेको अवस्थामा आगो सल्किएर घरसम्म पुगेको रैछ, स्थानीय चादे खाँले भने, फुसको घर आगोमा कहाँ टिक्थ्यो र ? सबै घर सखापै बनायो । यो वडामा १२४८ घरधुरी छन् । अधिकांशका घर फुसले छाएका छन् । गुजुमुज्ज घरहरू रहेकाले पनि धेरै क्षति भएको वडा सचिव सुजिता चौधरीको भनाइ छ । नरैनापुरमा यो नयाँ घटना भने होइन । गत फागुन २४ मा नरैनापुर–१ सुइयामा २४ घरगोठ जलेका थिए । चैत १२ मा वडा–२ र गत मंगलबार वडा–६ मा ४र४ वटा घर आगोले खरानी बनायो । फागुन र चैतमा मात्रै नरैनापुरमा १ सय ४३ घर जलिसकेका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन सूचना केन्द्रका व्यवस्थापक रूपन ज्ञवालीले अव्यवस्थित घर तथा कमजोर संरचनाका कारण आगलागीका घटना बढेको बताए ।