Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दोलखामा मध्यरातमा भएको दुर्घटनामा चार जनाको ज्यान गयो

काठमाडौं । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ मा गएराति ११ बजे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै विगु गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अन्जन कोइरालाका अनुसार सिंगटी बजार नजिकै लादुग गाउँमा घुमाउरो उकालो कच्ची सडकबाट प्रदेश–३, ०१, ०२३ च ७५८० नम्बरको जीप अनियन्त्रित भइ करिव १ सय मिटर तल खसेको थियो । दुर्घटनामा बिगू गाउँपालिका–३ का चण्डिका थापा, रिता खत्री राधा खड्का र विनोद केसीको घटनास्थलमै मृत्यु भएको हो । जीपमा १० महिने शिशुसहित २२ जना सवार थिए । शिशुको अवस्था सामान्य रहेको र उनलाई परिवारको जिम्मा लगाइसकिएको इन्स्पेक्टर कोइरालाले जानकारी दिए । १७ जना घाइतेमध्ये सामान्य अवस्थामा रहेका २ जना उपचारपछि घर फर्किसकेको, १ जनाको चरिकोट अस्पतालमा उपचार भइरहेको र बाँकी १४ जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको कोइरालाले जानकारी दिए । मुढेबाट सिंगटीतर्फ जाँदै गरेको प्रहरी रेकर्डमा भेटिएको तर जीप कहाँ गएर आएको थियो भन्नेबारे जानकारी लिन बाँकी रहेको उनले बताए । फाइल तस्बीर